
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलाले हेटौंडा–भैँसे सडक खण्डको बाघझोरा खोलामा दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।
- बाघझोरा खोलामा आउने बाढीले हेटौंडा आवतजावतमा समस्या पुर्याएको र यात्रुहरूलाई सडक अवरुद्ध भएर घण्टौं पर्खनुपर्ने अवस्था आएको सांसद बर्तौलाले बताए।
- सांसद बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई मागपत्र बुझाउँदै समस्या समाधानमा ठोस पहल गर्न आग्रह गरेका छन्।
९ भदौ, काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–भैँसे सडक खण्डमा पर्ने बाघझोरा खोलामा सडकको दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई मागपत्र बुझाउँदै उनले बाघझोरा खोलाको समस्या समाधानमा दीर्घकालीन समाधान खोज्न माग गरेका हुन् ।
उक्त खोलामा आउने बाढीले बागमती प्रदेशको हेटौंडा आवतजावतमै समस्या पुगेको उनले मागपत्रमा उल्लेख गरेका छन् ।
बाघझोराको खहरे बाढी मकवानपुरवासीको मात्र नभई मुलुकका विभिन्न भागको यात्रा गर्ने यात्रुको साझा समस्या बनेको मागपत्रमा उल्लेख छ ।
घण्टौंसम्म हुने सडक अवरोधले यात्रुले सडकमै रात बिताउनु परेको समेत जनाइएको छ । यो सडकमा देखिएको समस्या समाधानमा ठोस पहल नभएको भन्दै सांसद बर्तौलाले भौतिकमन्त्री समक्ष मागपत्र बुझाएका हुन् ।
प्रतिक्रिया 4