News Summary
Generated by OK AI. Editorially reviewed.- कान्ति राजमार्ग मर्मत सम्भारका लागि २० मंसिरदेखि दुई महिनासम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने भएको छ।
- जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जानकारी दिएको छ।
- सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
२० मंसिर, काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।
आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।
प्रतिक्रिया 4