कान्ति राजमार्ग । फाइल फोटो
१८ मंसिर, काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो ।
कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ ।
त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।
हेर्नुहोस् सूचना-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4