
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले बजेटमा घोषणा गरिएका कर दरमा हेरफेर गर्दै सुन तथा सुनका गरगहनामा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ।
- अर्थ मन्त्रालयले अन्त:शुल्क ऐन २०५८ अनुसार बोतल, फ्लास्क जस्ता सामानको आन्तरिक उत्पादनमा लाग्ने अन्त:शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ।
- मन्त्रालयले भन्सार महसुल ऐन २०८१ को अनुसूचीमा बाँसको मसला नहालेको सलाई काँटीमा ५ प्रतिशतको सट्टा १५ प्रतिशत महसुल लगाउने निर्णय गरेको छ।
९ भदौ, काठमाडौं । बजेटमा घोषणा गरिएका विभिन्न करका दरमा अर्थ मन्त्रालयले हेरफेर गरेको छ ।
सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थले आर्थिक ऐन अनुसूची ४ को दफा १ खण्ड ‘ग’ मा उल्लेख विलासिता शुल्क दरमा हेरफेर गरेको जनाएको छ ।
यससँगै व्यवसायबाट व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहना बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरिएको छ ।
अर्थले अन्त:शुल्क ऐन २०५८ को अनुसूची अन्तर्गत उपशीर्षक ३९२३.३०.९० अन्तर्गत पर्ने अन्य कार्बोइ, बोतल, फ्लास्क र त्यस्तै सामानको आन्तरिक उत्पादनमा लाग्ने अन्त:शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।
त्यस्तै किसमिस लगायत सुक्खा फल, ग्रेप जुस कन्सेन्ट्रेट वा फ्रुट जुस कन्सन्टे«टबाट स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्त:शुल्कमा समेत ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
उता, भन्सार महसुल ऐन २०८१ को अनुसूची ३ को दरमा हेरफेर गर्दै मन्त्रालयले बाँसको मसला नहालेको सलाई काँटीमा ५ प्रतिशतको सट्टा १५ प्रतिशत महसुल लगाउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4