News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले विदेशी लगानी भित्र्याउन र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत फोकल युनिट स्थापना गरेको छ।
- फोकल युनिटले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँग समन्वय गर्ने र सहजीकरणका कार्यहरू गर्नेछ।
- यस युनिटले अन्य मन्त्रालय र सरकारी निकायसँग समन्वय सुदृढ गर्ने र बैंकिङ तथा राजस्वसम्बन्धी विषयमा सहयोग गर्ने जिम्मेवारी पाएको छ।
२८ कात्तिक, काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने र त्यसलाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ अर्थ मन्त्रालयले छुट्टै सम्पर्क इकाइ ‘फोकल युनिट’ स्थापना गरेको छ ।
मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत विदेशी लगानीकर्ताका लागि फोकल युनिट स्थापना गरिएको हो ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार यो युनिटले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वय अझ प्रभावकारी बनाउने छ ।
विदेशी लगानीकर्ताका लागि आवश्यक पर्ने सहजीकरण तथा समन्वयका कार्यहरू यस युनिटमार्फत गरिने जनाइएको छ ।
साथै, विदेशी लगानीका विषयमा अन्य मन्त्रालय र सरकारी निकायसँगको समन्वय सुदृढ गर्न पनि फोकल युनिटले विशेष भूमिका खेल्ने अर्थ मन्त्रालयले जनाएको छ ।
विदेशी लगानीकर्तालाई अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा आवश्यक समन्वय प्रदान गर्ने जिम्मेवारी पनि यसै युनिटले गर्ने छ ।
प्रतिक्रिया 4