+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
८८ बलमा ९० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
41/0 (5.2)
Shares

सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ३५ अर्ब बराबरको खाडल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख र आम्दानी ३ खर्ब ३३ अर्ब मात्र भएको छ।
  • सरकारले चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ।
  • पहिलो चौमासिकमा राजस्व संकलन लक्ष्यको ७७.४९ प्रतिशत मात्र पूरा भएको छ र खर्च र आम्दानीबीच १ खर्ब ३५ अर्ब रुपैयाँको खाडल देखिएको छ।

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्र भएको छ ।

यस प्रकार सरकारको खर्च र आम्दानीका बीचमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको खाडल देखिन्छ । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

कात्तिकसम्म भएको बजेट खर्च लक्ष्यको २२.८७ प्रतिशत हो । पहिलो चौमासिक अवधिमा सरकारले चालु प्रकृतिको खर्च ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ बराबर भएको छ ।जुन लक्ष्यको २७.१८ प्रतिशत हो ।

चालु बजेट ११ खर्ब ८० खर्ब रुपैयाँ गर्ने लक्ष्य छ । पुँजीगत खर्च भने मात्र ६.२१ प्रतिशत भएको छ । चार महिनामा २५ अर्ब ३१ करोड पुँजीगत खर्च भएको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्चको लक्ष्य राखेको छ ।

वित्तीय व्यवस्थामा भने पहिलो चौमासिकमै १ खर्ब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । जुन लक्ष्यको ३२.६७ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य रहेको छ । खर्च र आम्दानीका बीचमा खाडल हुँदा सरकार सार्वजनिक ऋणको भर पर्नु परेको छ ।

त्यसो त सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो ।

यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कात्तिक महिनामा मात्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

कात्तिक महिनामा संकलन भने ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र छ । जुन ७५.४९ प्रतिशत हो । ३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?