News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले आफू मातहत २० सवारीसाधनको पूर्णबीमा नेपाल बीमा कम्पनीमार्फत गरेको छ।
- मन्त्रिपरिषद्को ५ असोजको निर्णय अनुसार बीमा गरिएको मन्त्रालयले जनाएको छ।
- यसले सरकारी कोषबाट हुने खर्चमा कमी र प्राथमिकता क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने मन्त्रालयको विश्वास छ।
५ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहत २० सवारीसाधनको पूर्णबीमा गरेको छ ।
मन्त्रिपरिषद्को ५ असोजको निर्णय अनुसार नेपाल बीमा कम्पनी मार्फत पूर्णबीमा गरिएको मन्त्रालयले जनाएको छ । यसबाट आगामी दिनमा सरकारी सवारीसाधनको आगलगी, दुर्घटना जस्ता कारणबाट क्षति भए बीमा दाबी रकमबाट खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।
यसले सरकारी कोषबाट हुने खर्चमा कमी आउने र प्राथमिकता क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने समेत मन्त्रालयको विश्वास छ । यसले सार्वजनिक वित्त प्रभावकारी बनाउने अपेक्षा समेत मन्त्रालयको छ ।
प्रतिक्रिया 4