+
+
Shares

बागमतीका मुख्यमन्त्री बानियाँले विपन्न मिठुमायाको घर बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:५२

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको घर बनाइदिने भएका छन् ।

बानियाँले आज सोमबार व्यक्तिगत खर्चबाट मिठुमायाको घर निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले आफ्नो सेवासुविधाको रकमबाट विपन्न, गरिबहरूको आवास बनाइदिने प्रतिबद्धता जनाएका थिए ।

५ वर्षअघि श्रीमान गुमाएकी मिठुमाया अपाङ्गता भएका अशक्त छोरासहित जीर्ण घरमा बस्दै आएकी थिइन् । उनको एउटा छोरा संगम सुनारसमेत अपाङ्गता रहेको र थोत्रिएको घर बनाउन नसक्दा समस्यामा रहेको भन्दै स्थानीय अगुवाहरूले जानकारी गराएपछि मनहरी गाउँपालिकाले घर निर्माणका लागि मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेको थियो ।

बानियाँले आफूले पाउने सेवासुविधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार मुख्यमन्त्री बानियाँले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने योजना बनाइएको मनहरी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?