News Summary
Generated by OK AI. Editorially reviewed.- नागमणि इन्टरनेशनलको आधिकारिक विक्रेता आईटिटिआई स्टोरले एसुसका तीन नयाँ गेमिङ ल्यापटप मोडेल सार्वजनिक गरेको छ।
- होरा ईस्पोर्ट्सका खेलाडी सन्जन गौतमले एसुसका नयाँ गेमिङ ल्यापटपको प्रदर्शन उत्कृष्ट र प्रो गेमर्सको लागि उपयुक्त भएको बताउनुभयो।
- पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पुगेको होरा ईस्पोर्ट्सले नयाँ ल्यापटप सार्वजनिक कार्यक्रममा प्रशंसकसँग भेटघाट र प्रतियोगिता सञ्चालन गरेको थियो।
९ भदौ, काठमाडौं। नागमणि इन्टरनेशनलको आधिकारिक विक्रेता आईटिटिआई स्टोरले आसुसको तीन नयाँ मोडेलको गेमिङ ल्यापटप सार्वजनिक गरेको छ ।
दई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना गर्दै आसुसले आईटिटिआई स्टोरबाट विश्वकै नम्बर वान गेमिङ ल्यापटप सार्वजनिक गरेको हो ।उक्त ल्यापटपहरू रिपब्लिक अफ गेमर्स (आरओजी)को घरको रुपमा रहेको एसुसको आधिकारिक ल्यापटपहरू आरओजी स्ट्रिक्स जी सिक्सटिन ( ROG Strix G16 ), टफ गेमिंग एफ सिकस्टिन ( Tuf Gaming F16 ) र एसुस गेमिंग भी सिक्सटिन (ASUS Gaming V16 ) गरि तिन नयाँ गेमिंग ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन्।
कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सका सीआर सेभेन होर ( CR7 Horaa ) उपनाम भएका सन्जन गौतमले खेलाडीको लागि यो ल्यापटप विशेष रहेको बताए । अतिथिको रुपमा उपस्थित भएका उनले नेपालमै सबैभन्दा धेरै पछ्याइने मध्यका एक गेमिंग इन्फ्लुएन्सर रहेका बताए । साथै उनले एसुसका नयाँ प्रोडक्ट समेत सार्वजनिक गरेका थिए ।
पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भैसकेको होर स्पोर्ट्सका खेलाडीहरुले दुई दिन अघि लाबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए भने फ्यानहरुसँग भेटघाट समेत गरेका थिए। होर स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा लगभग २ करोड पुरस्कार राशि हात पार्न सफल टिम हो।
होरा ईस्पोर्टस् का खेलाडिहरु भेट्न उल्लेख्य संख्यामा प्रशंसकहरु उपस्थित भएका थिए। उनीहरुको मनोरन्जनको लागि एफ् सी २५ को प्रदर्शन प्रतियोगिता सञ्चालन गरी नगद पुरस्कार र विविध प्रविधि सम्बन्धि गिफ्ट प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा एसुसका प्रतिनिधिहरुले ‘आरोजी’ सिरिजका ल्यापटपहरुको विशेषताहरुको जानकारी दिँदै नेपाली ईलेक्ट्रोनिक् गेमर्स् हरुको प्राविधिक आवश्यकता यी ल्यापटपहरुले पुरा गर्ने विश्वास लिएका छन्।
कार्यक्रममा एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोगपछि सन्जन गौतम (सीआर सेभेन होर)ले प्रोडक्टको तारिफ गरे।
उनले एसुसका नयाँ गेमिङ्ग ल्यापटपको परफरमेन्स तारिफयोग्य रहेको, खेल्न सहज र आरामदायी भएको त्यसैले प्रो गेमर्सहरुको लागि उत्कृष्ट रोजाई हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4