
१६ माघ, काठमाडौं । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।
मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले ‘पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रम’ नै राखेको हो ।
मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट नन्दलाल स्मृति साहित्य पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कार राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
यसैगरी मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट माधव–नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कार घोषणा गरिएको छ । यसको राशि पनि ११ हजार १११ रुपैयाँ रहेको छ ।
यसैगरी नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कार स्थापना गरिएको छ । यो पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।
आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार हरेक वर्ष पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया 4