+
+
Shares

पूर्वसचिव मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उमेशप्रसाद मैनालीको संस्मरणात्मक पुस्तक ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण भएको छ।
  • प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक नेपालको प्रशासनिक इतिहासको साँचो दस्तावेज भएको बताए।
  • पुस्तकले प्रशासनिक कमजोरी र सुधारका विषयमा प्रेरणादायी जानकारी प्रदान गर्दछ।

२२ असार, काठमाडौं । लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको संस्मरण ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण गरे ।

पुस्तक लोकार्पण गर्दै राउतले नेपालको प्रशासनिक क्षेत्रको यति लामो कालखण्ड समेटेर तथ्यपरक रूपमा पुस्तक लेख्नु आफैंमा चुनौती भएको बताए । ‘आदरणीय व्यक्तित्व उमेशप्रसाद मैनालीले मलाई पनि मार्गनिर्देश गर्नुभएको छ’ राउतले भने, ‘यो पुस्तक नेपालको प्रशासनको साँचो संस्मरणात्मक इतिहास हो ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यो पुस्तक सबैले पढ्नैपर्ने बनेको बताए । ‘२००७ यताका शासन र प्रशासनका मुख्य घटना, आरोह अवरोह, विभिन्न काण्डहरु, तिनका असर तथा पात्रहरुको भूमिका सटिकरुपले समेटिएकाले यो पुस्तक सबैले पढ्नैपर्ने छ ।’ पोखरेलले भने ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार हरिबहादुर थापाले प्रशासनिक क्षेत्रमा यसरी पुस्तकहरु अहिले सम्म नलेखिएको बताए । ‘यो पुस्तकले प्रशासनिक क्षेत्रभित्रका कमजोरीहरुलाई उजागर गर्दै सबल र उन्नतशील समाज निर्माणका लागि प्रेरणा दिएको छ’ थापाले भने, ‘चाकडी, चाप्लुसी र चियोचर्चो छाडेर आफ्नो कर्तव्य निर्वाह गरी सुशासन कायम गर्नुपर्ने ऐतिहासिक तथ्यात्मक विषयवस्तुहरु भएकाले निजामती प्रशासन क्षेत्रका व्यक्तिका लागि यो पुस्तक लाभदायी छ ।’

थापाले सरल र रोमाञ्चक भाषाशैलीमा लेखिएकाले पढ्दा पाठकलाई फिक्सनको अनुभूति हुने थापाले बताए ।

कार्यक्रममा बोल्दै पूर्वसचिव श्यामप्रसाद मैनालीले मैनाली परिवारको प्रशासनिक निष्ठा र उमेशप्रसाद मैनालीको कार्य सम्पादन तथा सरलपनको प्रशंसा गरे । परराष्ट्र मन्त्रालयकी सहसचिव इला मैनालीले बुबाकै पथप्रदर्शनमा लागेकाले पुस्तकमा उहाँले उल्लेख गरेका कुरा आफूलाई पनि प्रेरक हुने बताइन् ।

प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको यस पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ को प्रशासनिक पुनर्गठन, अन्तरिमकालको प्रशासनिक अस्थिरता, पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ साल यताको राजनीतिक प्रशासनबारे चर्चा गरिएको छ ।

बुकहिलले प्रकाशन गरेको पेपरव्याक संस्करणको मूल्य ८०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?