
सैतान बनेर संसार नष्ट गर्नुपर्ने अवस्था आयो भने,
म सिङ वा आगो लिएर आउँदिनथें ।
म कुनै डर लाग्दो शक्ति होइन,
केवल मिठा झुट, लाइक, कमेन्ट र फलोअर्स लिएर आउँथें।
यदि म सैतान भई युवाहरूलाई नष्ट गर्नुपर्ने भयो भने,
म हतियार होइन, भ्रमको युद्ध चलाउँथें।
म केवल तिमीहरूको सोच रूपान्तरित गर्थें।
म तिमीहरूलाई सामाजिक सञ्जालमा डुबाउँथें।
म तिमीहरूलाई प्रेम होइन, लाइक खोज्न बाध्य बनाउँथें।
साथी होइन, म तिमीहरूलाई फोलोअर्स बनाउन सिकाउँथेँ।
म तिमीहरूलाई अन्तहीन स्क्रोल गराउँथें।
तर सोच्न, चिन्तन गर्न कहिल्यै फुर्सद दिँदिनथें।
म तिमीलाई अहिलेको सुख दिन्थें,
ताकि भोलिको सपना मर्न जाओस्।
म तिमीहरूको चेतनामा प्रहार गर्थें,
प्रश्न गर्नै नदिई केवल याद गर्न लगाउँथें।
जिज्ञासालाई मार्थें र तिमीलाई अन्धानुकरण गर्न बाध्य पार्थें।
म नेतृत्व होइन, भ्रष्टाचार सिकाउँथें।
मैले नैतिकताको रेखा मेटाउँथें।
स्वार्थलाई शृंगार बनाउँथें,
दया देखाउनु दुर्बलता बनाउँथें।
लोभलाई लक्ष्य बनाउँथें,
सेवा गर्नेहरूलाई मूर्ख देखाउँथें।
म झुटलाई पर्दामा चम्काउँथें,
सत्यलाई अन्धकारमा लुकाउँथें।
तिमीहरूको मनमा तुलना र हीनता भरिदिन्थें।
म तिमीहरूलाई महँगो जीवनशैली, सुन्दर अनुहार र बनावटी मुस्कान देखाउँथें,
ताकि तिमीहरूले आफैंलाई कमजोर, कुरूप र असफल ठानो।
तर म सैतान होइन।
म चेतनाको स्वर हुँ-
जो करोडौंको भीडभित्र पनि गुञ्जिन्छ।
नयाँ पुस्ताको शक्तिशाली भविष्य
डरमा होइन—चेतनामा छ,
हतासमा होइन—नेतृत्वमा छ,
भ्रममा होइन—विकल्पमा छ।
हामीले युवालाई महसुस गर्न, विश्वास गर्न र उठ्न सिकाउनुपर्छ।
हामी आफ्नो भविष्यका सिर्जनाकर्ता हौं-यसलाई नष्ट नगरौं।
प्रतिक्रिया 4