रूझेका ती आँखाहरू
ती आँसुहरू
कुनै उत्कण्ठा बोकेजस्तो
उ उद्वेलित थियो
छटपटी थियो जीवनसँग ।
जीवन ढिलो हिंडेजस्तो लाग्छ
यात्रा लामो सुस्केराजस्तो लाग्छ
त्यो अनुरागको शीतलतामा पनि
कुनै सार्थकता
कुनै भरोसा देखिएन ।
ती भोक, तिर्खा र थकाइहरूको पनि त
कुनै मूल्य हुन्छ होला ?
रोग, शोक र अभावको पनि त
कुनै हिसाब हुन्छ होला ?
आफैंसँग सोध्न मन लाग्छ ।
मलाई सम्झना छ-
मान्छेसँगसँगै जीवन डोर्याएको
जीवनसँगसँगै मान्छे डोर्याएको
तिमीसँग अन्तर्मन गाँसिएको थियो
त्यो दिन
माटोको सौन्दर्य फक्रिएको थियो
गर्वसाथ बाँच्ने उत्कण्ठा
किन आज पराजित भयो ?
आफैसँग उत्तर खोजिरहेको छु ।
इतिहासले भनेको थियो-
माटोले मात्र देश अडिंदैन
देशले मात्र मान्छे अडिंदैन
देश अडिने त्यो माटोमा
सपना मात्र रोप्नेहरूले
विपना खोसिरहेका छन्
मान्छे नअडिने मेरो देशमा
न्यानो मात्र खोज्नेहरूले
देश बालिरहेका छन् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4