सीमा नाघिसकेको छ उसले
कानून मिचेको छ उसले
धेरै चिज मिचेको छ उसले
धर्ती मिचेको छ उसले
मानिस मिचेको छ उसले
आफन्त मिचेको छ उसले
यसरी धेरै चिज मिचेको छ उसले ।
ऊ कतै हराएको छ
कतै गएको छ
कुनै गन्तव्य छैन उसको
कुनै सीमा छैन उसको
धर्ती चिन्दैन
माया चिन्दैन
साथी चिन्दैन
मानवता थाहा छैन उसलाई
कल्याण थाहा छैन उसलाई
सबै थाहा छ उसलाई
केही थाहा छैन उसलाई
किन कि उसलाई कतै बन्धन छैन
कारागारबाट छुटकारा पाएको
वन्दी जस्तो उन्मुक्त छ ।
ऊ कतै पनि जान सक्दछ
न कसैको नियन्त्रणमा छ
न कसैको बहसमा छ
उसलाई प्रत्येक कुरामा सीमा नाघ्नै पर्छ
त्यसैले ऊ सीमा बाहिर छ
उद्दण्ड भएर गिनिज बुकमा
नाम लेखाउन ऊ कतै तल्लीन छ
एउटा सीमा नाघेको मान्छे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4