Comments Add Comment

साहित्य

List Grid
अनुदित कविता : सबैभन्दा खतरनाक

पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन छातीमा सेनाले बुट बजार्नु त्यति खतरनाक हुँदैन धोका दिनु र लोभले मुठ्ठी कस्नु पनि खतराको कुरा हैन बिना अपराध हातमा हत्कडी पाउमा जन्जीर बाँधिनु डरको च्यादरमुनि दबिएर बस्नु सही हुँदाहुँदै पनि गलत स्वरको भिडले किचिनु ताप र पापमा पर्नु केवल औंला भाँचेर दिन कटाउनु केवल दिन कटाउन औंला भाँच्नु […]

संस्मरण : प्रिय सल्लेरी !

रूम्जाटारको मैदानमास्तिर बर्नालुको उकाली पार गर्दै टोड्केबाट केही अगाडि पुगेपछि पहिलोपल्ट तिमीलाई देखें । तिमी त यौवनले छपक्कै मुखमुख भएकी सेतो भूइँकुइरोको खास्टोले मुहुडा छोपेर बसेकी महलकी एक सुकुमारीजस्ती पो लाग्यो । शरदको नीलो आकाश सर्लक्कै सरेर पृथ्वीमा उत्तानो परेर रमाइरहेका बेला सेतो कञ्चन बादलुले ठाउँठाउँमा गुप्तअङ्ग छोपिदिएका पो हुन् कि झैं देख्ता कुनै सिद्धहस्त […]

कविता : प्रतीक्षा

ओ ! परदेशी तिम्रो आँखामा आफूलाई हेर्न चाहन्छ देश ठ्याक्कै तिम्रो आँखाजस्तै त छ यो देशको नक्सा ! तिमी भने आफ्नै जीवनको इन्द्रेणी रङ खर्चेर कति चम्काइरहन्छौ पराइदेश र बनाइरहन्छौ आफैलाई बेरङ बरू आऊ लगाउँला यही माटोको टीका रोपौंला यही माटोमा पसिना र बगरलाई समेत अनुवाद गरौंला सुन्दर बगैँचामा बरू झुपडीभित्रै बनाउँला मायाको मखमली महल […]

रंगमञ्चमा कोरोना कहर : संकटपछि नयाँ धार सुरु हुने आशा

कलाकार र दर्शकको भौतिक सामीप्यविना रंगकर्म चल्दैन, जसलाई विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले असम्भव बनाइदिएको छ । विश्व वैज्ञानिक जगतले सामाजिक दुरी कायम गरे कोरोना महामारीबाट सुरक्षित हुन सकिने बताइरहेको छ । यही अनुसार नेपालमा पनि देशव्यापी बन्दाबन्दी जारी छ । दुई महिनादेखिको बन्दाबन्दीले छ महिनासम्मका सयौं नाटक कार्यक्रम रद्द भइसकेका छन् । यसले आर्थिक […]

कविता : नेताज्यूको नोकर होईन जागिर

गएर गिर्नै पर्छ र जागिर? ज्यू, हजुर थेगो लाउनै पर्छ र जागिर ? पेचामा तोरी पेले झै पेलिनै पर्छ र ? किन काला कर्तुत ओकल्न मनाही छ ?   आँखा फुटेको गोरुलाई झै सधै हरियो देखाउन रेड कार्पेट ओछ्याएर भूल्याउने जनतालाई दुहुनो बनाएर झुल्याउने श्रोत ,साधन र बजेट बाबुको बिर्ता सम्झिने जागीरेको धर्म रे स्वीकार […]

साथी ! गाउँ बदलिएको छ

साथी ! तिम्रो गाउँ बदलिएको छ सभ्यताको मूल त्यो जन्मस्थान तिमीले सोचेभन्दा भिन्न छ विकासले हुन सक्छ विनाशले हुन सक्छ शान्ति, भ्रान्ति, क्रान्ति, उन्नति वा अवनतिले पनि जे होस्, तिम्रो हिजोको गाउँ छैन हो, आज गाउँमा सबैथोक बदलिएको छ । तिम्रो गाउँको रूपरङ्ग नै बदलिएको छ सामूहिकता र सामाजिकता भेटिने परिवार, नाता, छिमेकी र विश्वास […]

कविता : उँधो बगेर म उकालो लाग्छु

हुर्रिँदै भिरालोमा च्यापिँदै खोंचहरुमा खियाएर चट्टानहरु छहरा भएर पहराहरुमा कहिले जम्दै दहहरुमा मार्दै चक्कर अप्ठ्यारा कुइनेटोहरुमा अनि छिचोलेर नागबेलीहरु सङ्लिँदै र धमिलिँदै बग्नु छ अनि बगिरहनु छ । झरेका पातहरुलाई मात्र बगाउन पनि पहिले त आफैं बग्नु पर्दोरहेछ आफू बगेर मात्र अरु केही बगाउन सकिने रहेछ बाँध बाध्छन् बगिरहन्छु दुवाली फर्काउँछन् बगिरहन्छु दह बनाउँछन् बगिरहन्छु […]

कविता : कोसी कहिरन

म सप्तकोसी ! अब एकै छिन थुनिन्छु ! म समय–गति अब एकै छिन रोकिन्छु ! ए… अक्करहरू जिन्दगीका सुन–सुन–सुन मेरा कथाहरू सुन मेरा व्यथाहरू सुन समयका दारुण क्रन्दन र, रोदनहरू सुन यसअघि कहिल्यै नसुनिएका इतिहासका धुनहरू सुन ! म सप्तकोसी ! अब एकै छिन थुनिन्छु ! म समय–गति अब एकै छिन रोकिन्छु ! कति बग्नु […]

हामी वीर गोर्खाली ! गरीब देशको धनी नारा

नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुप्राकृतिक, देश हो । यतिले मात्र पुग्दैन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण, निश्चल, कलकल बग्ने कञ्चन नदी, स्वच्छ हावा पानी, अटल, चाँदीझंै टल्किरहने हिमाल । त्यही हिमाल मुनि कर्किएका पहाडमै तपस्या गरेका महान ऋषिमुनिहरुले ज्ञान प्राप्त गरेको तपोभूमि, वैभवशाली सांस्कृतिक जलस्रोतको धनी देश हो । बुद्धको देश, शान्तिको देश, मन्दिरै मन्दिरको देश […]

सौन्दर्य : आजको संघर्ष नै भोलिको जीवन

मेरो पुस्ताले देशमा अँधेरो समयको सामना गर्नुपर्‍यो । देशमा राणा शासनको जगजगी थियो । जुनबेला हामी स्कूल, कलेजमा पढ्थ्यौं, कविहरूको कविता पनि पढ्न नपाइने । विश्वमा आएका आधुनिक विचारका पुस्तक किन्न पनि नपाहिने । उही कवि शिरोमणि लेखनाथ पौड्यालका कविता, भक्ति रसका कविताहरू पढ्थ्यौं । अलिकति प्रगतिशील भयो भने ‘बालक बबुरो द्वीजशुकनामा, हुँ म परेको […]

चार कविता

१. भोका देवता – पेशल आचार्य मन्दिर, मस्जिद, गुम्बा र चर्च सबै बन्दाबन्दीमा छन्, पुजारी, मौलाना, लामा र पाष्टर हठात् बेरोजगार बनाइए । निर्जीव ईश्वर र, ईश्वरका लागि भन्दै विभिन्न मुद्रा, शैली र भावभङ्गीमा डोनेसन लिने ईश्वरका ‘सोकल्ड’ खेतालाहरू आजकाल नाजवाफ छन् ! खाई नपाई नखोसिएर वाचाल देखिए । एउटा बच्चाले बन्द ईश्वरीय आलयहरू देखाउँदै […]

लघुकथा : छविलाल महाकालीमा हामफाल्यो !

“ऊ हाम्रा बाउ, देखिस् ?” हर्केले भन्यो । प्याउलीले आँखाको दृष्टि डोल्याएर पारितिर हेरी । नदीको बगरमा अनगिन्ती मान्छे थिए । त्यो भिडमा उसले आफ्ना बाउलाई ठम्याउन सकिन । “ऊ क्या त कालो भोटो लगाएर उभिएका ।” “देखेँ देखेँ !” बालाई देखेपछि प्याउली भक्कानिई अनि रुँदै बोलाई, “ए बाउ ! हामी तिम्लाई लिन आका हौँ […]

कविता : कहरमा बाँचेको जिन्दगी

ठेलामठेल, हल्ला र भागदौडको भिड, कहिल्यै नसुत्ने यो ब्यस्त सहर कोरोनाको आक्रान्तले चुपचाप छ अचेल गगनचुम्बी कंक्रिटको सुनसान यो सहर क्रुर कोरोनाको बिगबिगीमा बाह्य पदचाप सुनिँदैन आजभोलि चार दिवारभित्र बन्दी जीवन बाँच्न विवश छ फगत बॉचेको नौटंकी गर्दै पलपल मर्नुपर्ने यो कहरको जिन्दगी ! बाहिर कोरोनाको भय, भित्र अनेक छटपटी र चिन्ता अनगिन्ती दिन,महिना कुर्दै अनिश्चित भविष्य […]

कथा : इन्द्रकमल अझै जीवित छ

सपनाहरूको कुनै तालमेल छैन । न सोचाइहरूको नै कतै तालमेल छ । तालमेल नमिलेको अन्तरकथामा ‘इन्द्रकमल’को प्रवेश हुन्छ । जब कथाको सिलसिला मिलाउने प्रयासमा उसले आफूलाई होमिदिन्छे, तब उसको प्रयास उनीहरू विरूद्ध उभिन पुग्छ । उनीहरूले इन्द्रकमललाई बन्दी बनाउने निर्णय गर्छन् । अन्ततः नारा र कार्यशैलीको विभाजनले इन्द्रकमलको मृत्यु तोकिदिन्छ । प्रोफेसर शर्मा छिटोछिटो हिँडिरहेका […]

कविता : दिनहरू र बधशाला

दिनहरू भुर्र उडेर पालैपालो छुन आउँछन् म दिनहरूलाई छुन्छु, सुम्सुम्याउँछु र मार्छु दिनहरू मारेको अभियोगमा टाउकोमा कलङ्कको कपाल फुल्छ त्यो फुलाइ वसन्तको तोरीबारीजस्तो पहेँलपुर हुँदैन लेकाली चेलीको गुँरासजस्तो राताम्य हुँदैन बन्दरगाहमा उभिँदा देखिने लच्छिनैलच्छिनको समुद्रजस्तो नीलाम्य हुँदैन मानौं, त्यो अलच्छिनको सेताम्य फुलाइ हो जहाँ मृत्युको पुतली लोभिएर आउँछ जिन्दगीको बधशालामा मैले आठ हजारभन्दा बढी दिनहरुको […]

अनुदित कविता : दिन

यो हाँसिरहेको सुनौलो बिहान, यो दिन अब बिस्तारै ओइलाउने छ, झर्नेछ अँध्यारोको काखमा जसरी प्रत्येक दिन ओइलाउँछ, र्झछ उतै-उतै बग्छ, जता बगेर जान्छ प्रत्येक दिन ! त्यसपछि राति जागै बस्ने द्वारपाले तारा अनि झ्याउँकिरी संशय अनि अज्ञानताबाट मुक्ति खोज्ने जुनकिरीको व्यथित गुहारहरू बितेर जान्छ दिन लिएर जान्छ सबैलाई सँगै पिता, भाइ, लोग्ने, स्वास्नी, घर, रुख […]

गौतम बुद्ध र आँपको बोट

एक दिन गौतम बुद्ध आँपको फेदमा अडेस लगाएर विश्राम गरिरहेका थिए । दिउँसोको समय थियो । रुखमा लटरम्म आँप पाकेका थिए । त्यत्तिकैमा केही बच्चाहरूले बुद्ध बसेको आँपको बोटमा ढुंगाले हाने । ढुंगाले हानेर आँप त खस्यो । तर, आँपलाई हान्नको लागि हानेको ढुंगाले रूखमुनि बसेका बुद्धलाई समेत लाग्यो । तल झरेको आँप टिप्न बोटको […]

कविता : मृत्युको भय   

लाग्छ मृत्यु नजीक नजीक आउँदैछ हामी पर पर भाग्न खोज्दैछौ उ झनै नजीक नजीक पछ्याउदैँछ हामी झन झन भाग्न खोज्दैछौ तर मृत्यु त यतै आउँदैछ अदृश्य बनेर बेग गरेर हावा जस्तै भएर संधै आफैलाई चाहिने हावा पनि अहिले भय रहित लाग्दैन हावा पनि सफा गर्दै गर्दै फेरूँ लाग्छ संधै हिड्ने गल्लीहरु पनि डरलाग्दा लाग्छन् बाटो सडकमा मान्छे हैन रोग पो हिडेँ जस्तो लाग्छ ।   पहिला भिड़ सुरक्षित लाग्थ्यो गाँउ भन्दा सहर उचित लाग्थ्यो तर समय बदलिदो रहेछ मान्छेहरु एकान्त खोज्दैछन् गाँउ पस्दैछन् सहरमा मान्छे संग मान्छे डराउँ छन् मान्छे संग मान्छे भाग्छन् भिडमा मृत्यु दाह्रा किटकिटाई रहेछन् सहर बिमारले लम्पसार छन् सहरमा मृत्युको रात छ मृत्युका नारा जुलुसहरु पो छन् ।   बेलाबेला जीवन खल्लो खल्लो लाग्छ माटाको डल्लो जस्तो लाग्छ जस्तो कि असिना पानीले प्याट्ट फुटाउने जब रोगले असिना पानी पार्छ हामी भिज्ने रहेछौ, चुटिने रहेछौ, फुट्ने रहेछौ ।   संधै सुख नहुन सक्छ संधै दु:ख पनि नहुन सक्छ यहाँ मन देखिदैन् तर मन भरी पिरका पहाडहरु अग्लीएका छन् डर सन्त्रासका शिखरहरु छन् यहाँ तन देखिन्छ तर तन देख्ने ति आँखामा आँशुहरु पनि देखिन्छन् अझै तिनै आँशुले छोपिएका आँखाहरु निलो उघ्रीएको आकाश जस्तो फेरी एउटा समाज हेर्ने अभिलाषामा एउटा कोठा भित्र थुनिएका छन् बेला बेला बाहिर चिहाउँदै ।

कविता : म रिसाएकी छु

अलि बिस्तारै हिँड दुरी बढाएर अँह हात नमिलाउ चुम्बन ! त्यो त गर्दै नगर , अन्कमाल नगर नतिजा के हुन्छ , तिमीलाई थाहा छ । बरु टाढैबाट नमन गर त्यो जस्तो सुकै किन नहोस । तिम्रो मनमा प्रश्न उठछ होला, किन ? रिस उठछ होला, किन ? तर तिम्रो झिनो रिसको सामु मेरो प्रकृति रिसको […]

सम्झनामा कविताराम : एक भौतिकवादीको देहत्याग

साहित्यकार कविताराम श्रेष्ठले आफ्नो जीवनकालमा एउटा यस्तो एकल संसारको निर्माण गरे । त्यो आफैँमा अद्भूत थियो र हम्मेसी कसैले अनुकरण गर्ने हिम्मत गर्दैनथ्यो । उनले जीवन पनि यस्तो बाँचे, त्यो पनि एकप्रकारले अद्भूत नै थियो । आफ्नो जीवनको अन्तिम क्षणमा उनले जीवनलाई विश्राम दिनुअघि जसरी आफ्ना कुराहरू रेकर्ड गराए, त्यो कल्पनातीत थियो । कविताराम साँच्चै […]

यिनीहरू कम्युनिस्ट नै होइनन् : कवि विमल निभा

पाँच दशकदेखि कविता लेखनमा सक्रिय विमल निभा नेपाली साहित्यमा प्रसिद्ध नाम हो । राजनीति र बडप्पनमाथि कविताले तीक्ष्ण व्यंग्य गर्ने उनका तीन कवितासंग्रह र तीन व्यंग्य संग्रह प्रकाशित छन् । पाठक र साहित्यकारमाझ ‘थोरै लेख्ने, धेरै चर्चामा रहने’ कविको परिचय बनाएका छन् विमल अनौपचारिक कुराकानीमा पनि व्यंग्यको सटिक प्रयोग गर्छन् । उनी राजनीतिक मुद्दामा कविता […]