
काठमाडौं । कवि मीनबहादुर विष्टको कविता संग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविता समावेश गरिएका छन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ ।
प्युठानमा २०११ सालमा जन्मिएका कवि विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी आलोचनात्मक चेतका कवि मानिन्छन् ।
आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी पनि हुन् ।
विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायत कालजयी रचनाहरु समाविष्ट छन् ।
प्रतिक्रिया 4