
काठमाडौं । अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ सार्वजनिक भएको छ । पुस्तकलाई विप्लव प्रतीकले अनुवाद गरेका हुन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक प्रतीक, फिल्म निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरु दीया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले संयुक्त रुपमा नाटकको पुस्तक विमोचन गरे ।
नाटक ‘यौटा सपनाको अवसान’ २०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । मण्डलामा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा शो मञ्चन गरिएको वी रिडले जनाएको छ ।
विमोचन कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुसीको कुरा रहेको बताए । नाटक मञ्चन हुँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनले बताए । ‘डेथ अफ सेल्सम्यान’को अनुवाद र नाटक मञ्चन गर्नु जीवनकै उत्कृष्ट काम रहेको उनले बताए ।
प्रतिक्रिया 4