
२७ माघ, पाँचथर । अमर नेम्बाङ स्मृति साहित्यिक सम्मान साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ । शनिबार अमर नेम्बाङ स्मृति प्रतिष्ठानले पाँचथर सदरमुकाम फिदिममा जनही ५० हजार रूपैँयासहित सम्मान गरेको हो ।
पाँचथरको फाल्गुनन्द गाँउपालिकाका तत्कालिन अध्यक्ष साहित्यकार अमर नेम्बाङको छैटौं स्मृति दिवसमा यो पुरस्कार प्रदान गरिदै आएको छ । हरेक वर्ष स्मृति दिवसमा दुई जना साहित्यकारलाई सम्मान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिए ।
यसअघि यो पुरस्कार देवी क्षेत्री दुलाल, मुनराज शेर्मा, प्राडा गोविन्दराज भट्टराई, वीर नेम्बाङ, बिना थिङ, शारदा सुब्वा, श्रवण मुकारुङ, प्रेम ओझा, विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको थियो ।
स्मृति दिवसमा बाढी पहिरोबाट मृत्यु तथा बेपत्ता भएका १६ परिवार, बम विस्फोटमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको थिए । उनीहरूलाई १० हजार दरले राहत प्रदान गरिएको थियो । कक्षा ११ मा अध्यनरत अन्जना चेम्जोङलाई जेहेन्दार विद्यार्थीको रुपमा १५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
प्रतिक्रिया 4