+
+

विष्णु पादुकाको ‘माग्युद् खोना’ बाह्रखरी कथा प्रतियोगितामा पहिलो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १८:५५

काठमाडौं । बाह्रखरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता २०८१’को नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा विजेता घोषणासँगै नेपालसहित विभिन्न मुलुकबाट प्राप्त ९३७ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट हुने २५ कथाकारमा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ छन् ।

निर्णायक मण्डल संयोजक प्राडा ज्ञानु पाण्डेले प्रतियोगिता नयाँ प्रतिभाका लागि प्रेरणाको स्रोत भएको बताइन् । ‘यो किसिमको साहित्यिक कदम कथा साधकका लागि सम्मान र प्रेरणा जगाउने माध्यम हो । नवोदितका लागि ठूलो प्रेरणा हो,” उनले भनिन्, “साहित्य आर्थिक, राजनीतिक, मनोवैज्ञानिक सबै क्षेत्रको प्रतिनिधित्व गर्ने क्षेत्र हो ।’

कन्दरा ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले साहित्यसँग संगीत जोडिएको बताए । संगीतमा साहित्य जोडिएर मात्रै नहुने भन्दै उनले संगत पनि हुनुपर्नेमा जोड दिए । साहित्य सरल रुपमा प्रस्तुत गरेर संगीतमा ल्याउनुपर्नेमा उनको जोड छ । कन्दरा ब्यान्ड साहित्यकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?