+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कविता : रातो कापी 

श्याम गैरे  श्याम गैरे 
२०८१ पुष ९ गते ८:०४

पाँच मुठा साग बेचेर

छोरालाई एउटा कापी किन्न

पाँच माइलको बाटो

खाली खुट्टै हिंडेका हुन्

मेरा बाले।

 

फर्किंदा गाउँमा

भोकको पीडाले

थरीको घाँस खाँदा

घाँस घाँटीमै अड्किएर मृत्यु भएकी

पाँच वर्षकी बालिकालाई देखेपछि

मेरा बाले त्यहीं छोडिदिए

बजारबाट ल्याएको रातो रङको कापी

मलामीको नाम लेख्न।

 

हो,

त्यही कापीमा लेखिएको छ

मेरो देशको भविष्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?