Comments Add Comment

समाचार

List Grid
सीसीएमसीको निष्कर्ष : महामारीविरुद्ध लड्न थप कानूनी संरचना चाहिन्छ

२ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार हाल महामारी नियन्त्रणका […]

नुवाकोटमा थप तीजना संक्रमितको मृत्यु

२ जेठ, नुवाकोट । नुवाकोटमा आइतबार कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा-५ का ३३ वर्षीय एक […]

एक साताभित्र कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

२ जेठ, जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको हो । एक साताअघि बिरामी भएका ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक […]

संक्रमित सञ्चारकर्मीका लागि सुनसरीमा मोबाइल डाक्टर सेवा

२ जेठ, काठमाडौं । प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई घरमै पुगेर निःशुल्क परामर्श सेवा दिने भएको छ । कोरोना संक्रमित सुनसरीका सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहित निःशुल्क परामर्श सेवा दिइने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा एक दर्जनभन्दा बढी सञ्चारकर्मी संक्रमित भइसकेको उनले बताए । […]

वीरगञ्जमा थप १६ संक्रमितको मृत्यु

२ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको छ । नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले […]

लुम्बिनी प्रादेशिक अस्पतालमा थप १० संक्रमितको मृत्यु

२ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्लिनिकमा, दुई जनाको धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा र एकजनाको इमर्जेन्सी वार्डमा भर्ना गर्न नपाउंदै मृत्यु भएको हो […]

एक पाइलटसहित हेली एभरेष्टका तीन निर्देशकले गरे सगरमाथा आरोहण

२ जेठ, काठमाडौं । हेली एभरेष्टका एक पाइलटसहित तीन जना निर्देशकले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टासि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवम पाइलट कृष्ण प्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले मे ११ -बैंशाख १८) विहान ७ बजे सगरमाथा आरोहण गरेको कम्पनीले जनाएको छ । हेली एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)का अनुसार […]

सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा अक्सिजन उद्योगहरु अलमलमा

२ जेठ, काठमाडौं । अक्सिजनको वितरण प्रणाली व्यवस्थित गर्न भन्दै कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले गत बुधबार अस्पतालहरुलाई अक्सिजनको कोटा तोक्यो । त्यसको दुई दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले सूचना जारी गर्दै उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ । सीसीएमसी […]

ओली र नेपालबीच सिंहदरबारमा वार्ता शुरु

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न […]

निषेधाज्ञामा पनि धमाधम महाकाली पुलको काम

२ जेठ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलको निर्माण कार्य निषेधाज्ञामा पनि भइरहेको छ । झण्डै ४ अर्ब लागत रहेको महाकाली पुलको काम निरन्तर चलिरहेको आयोजना कार्यालयले जनाएको छ । महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र चन्दले कोरोना भाइरसको महामारीमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै […]

नुवाकोटमा दुईजना कोरोना संक्रमितको मृत्यु

२ जेठ, नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विदुर नगरपालिका–४ बट्टारकी ३२ वर्षीया महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै […]

वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन

२ जेठ, काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । […]

बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ

२ जेठ, काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् । बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको […]

‘चरम स्वास्थ्य संकटको बेला मानवता विरोधी अपराध भयो’

२ जेठ, काठमाडौं । कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाइरहेको र स्वास्थ्य सामग्री आयातमा कमिसनको खेल भइरहेको समाचार आइरहेको बेला नेपाली नागरिकहरुको तर्फबाट १२२ जनाले संयुक्त अपील जारी गर्दै सरकार र संवैधानिक निकायहरूको ध्यानाकर्षण गराएका छन् । चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृतिको मानवता विरोधी अपराध भएको उनीहरुको ठहर […]

सिंहदरबारमा सीसीएमसीको बैठक, प्रधानमन्त्री पनि सहभागी

२ जेठ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो ।

हतियारसहित खोटाङबाट चारजना पक्राउ

२ जेठ, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय डम्बरबहादुर कार्की, उनका भाइहरु ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर विक रहेका छन् । उनीहरुको साथबाट ३ थान भरुवा बन्दुक, त्यसमा […]

१० महिनामा विकास बजेट खर्च ३६ प्रतिशत मात्र

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख)  पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना […]

भरतपुर क्यान्सर अस्पतालमा १४० बेडको कोभिड वार्ड शुरु

२ जेठ, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । चितवनमा सङ्क्रमितको संख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी बेड थप […]

विराटनगरमा १३ घण्टाको अवधिमा थप १२ जना संक्रमितको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा  उपचाररत विभिन्‍न अस्पतालमा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार […]

अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेषगरी पश्चिम भूभागमा बदली हुन्छ’ मौसमविद् मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि […]

शिक्षक महासंघले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन

२ जेठ, काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ । जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गर्ने जनाएको छ । खुलापत्र हरेक शिक्षक कर्मचारीले […]