Comments Add Comment

समाचार

List Grid
पुरस्कारवापत पाउने ५ लाखसम्म कर नलाग्ने, कस्तो आम्दानीमा कति कर ?

८ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको पुरस्कारवापत पाउने ५ लाखसम्मको रकममा कर नलाग्ने भएको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ मा भएको व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि भएका व्यवस्थाबारे सार्वजनिक गरेको विवरण अनुसार पुरस्कारवापत भुक्तानी हुने ५ लाखसम्मको रकममा कुनै पनि प्रकारको कर लाग्ने […]

बाजुङ समाज हङकङद्वारा पर्वतको स्वास्थ्यचौकीलाई सहयोग

८ जेठ, पोखरा । बाजुङ समाज हङकङले पर्वतको मोदी गाउँपालिका–५ को बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लोब्स, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ र चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल तथा स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरे । […]

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

८ असार, काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, […]

असंवैधानिक काम रोक्न अदालत छ : उपेन्द्र यादव

८असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यलाई सर्वोच्च अदालतले रोक लगाएको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले असंवैधानिक कार्यलाई रोक्न सर्वोच्च अदालत छ भन्ने सन्देश गएको टिप्पणी गरे । ‘असंवैधानिक कार्य रोक्ने संस्थाको रुपमा, […]

९७ अर्बको विदेशी लगानी भित्र्याउन लगानी बोर्डको स्वीकृति

८ असार, काठमाडौं । लगानी बोर्डले दुई वटा जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । मंगबालर प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठक यस्तो निर्णय गरेको हो । स्वीकृत लगानीको सानो हिस्सा स्वदेशी र ठूलो हिस्सा भने विदेशी रहेको बोर्डका कार्यकारी निर्देशक […]

तिलोत्तमा नगरपालिले ल्यायो झण्डै २ अर्बको बजेट

८ असार, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत […]

युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

८ असार, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा असार ३ गते शंकास्पद अवस्थामा बरैनिया बजार भरवलिया टोल बस्ने २५ वर्षीय वीरेन्द्र बैठाको शव भेटियो । बैठाको शरीरको बिभिन्न भागमा प्रहार गरेको निलडाम देखियो । कर्तव्य गरी मारी शव घिसारी बाटो छेउमा फालेको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो । घटनाको पाँचौ दिन ८ असारमा प्रहरीले हत्यामा […]

ओली कामचलाउ थिए, अदालतले त्यही सम्झाइदिएको हो : राधेश्याम अधिकारी

८ असार, काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन […]

सर्वोच्चले प्रधानमन्त्रीलाई आफ्नो सीमा बताइदियो : कांग्रेस प्रवक्ता शर्मा

८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै प्रवक्ता शर्माले सर्वोच्चको आदेशले ‘म नै राज्य हुँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि गरेको बताए । ‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, […]

ब्रिफिङ लिन नभ्याउँदै पदमुक्त भए मन्त्रीहरु

८ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै २० मन्त्री तीन हप्ता नपुग्दै पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरको छ । २७ जेठमा नियुक्त भएका ७ मन्त्री र एक राज्यमन्त्रीले ब्रिफिङ समेत लिन भ्याइसकेका थिएनन् । गृहमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री राजकिशोर यादव, […]

केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् । सर्वोच्चको आदेशपछि अनलाइनखबरसँग कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा […]

सर्वोच्चको निर्णय मान्नुको विकल्प छैन : जसपा नेता कर्ण

८ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश मान्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि अनलाइनखबरसँग कुरा गर्दै जसपा नेता कर्णले अदालतको आदेश स्वीकार्नुको विकल्प नभएको बताए । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र […]

मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै

८ असार, काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक उपप्रधानमन्त्री, १० जना र तीन राज्यमन्त्री हटाएर […]

एमालेको प्रतिक्रिया : अदालतको फैसला अप्रत्यासित

८ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले अनलाइनखबरसँग बताए । ‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, […]

थप ४,५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बागलुङको धौलागिरी […]

दक्षिणकालीमा महिलाको शव भेटियो, हत्याको आशंका

८ असार, काठमाडौं । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ । अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए । प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान […]

खानेपानी मन्त्री झालाई कालो झण्डा देखाउने तीनजना पक्राउ

८ असार, रौतहट । नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा-५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताए । रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित […]

कोरोना महामारीबीच २६८ गर्भवतीले ज्यान गुमाए

८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना […]

७९.४४ अंकले बढ्यो सेयर बजार

८ असार, काठमाडौं । लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो । यो २.८० प्रतिशतको वृद्धि हो । आज सेन्सेटिभ […]

कालीगण्डकी बचाउन आन्दोलन सुरु

८ असार, पर्वत। कालीगण्डकी नदी दोहन भएको भन्दै पश्चिम नेपालका कालीगण्डकीले छोएका जिल्लाका स्थानीयहरूले ‘कालीगण्डकी बचाऔं अभियान’ सुरु गरेका छन् । स्थानीय तथा संरक्षणकर्मीले ‘सेभ कालीगण्डकी रिभर’ ह्याट्याग दिएर सामाजिक सञ्चाल तथा नदी किनारमा उपस्थित भइ विरोध गर्न थालेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीमा जथाभावी उत्खनन गरी दोहन गरिएको विरोधमा अभियान सुरु […]

प्रधानमन्त्रीको भ्याकेटमा सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

८ असार, काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी […]