Comments Add Comment

पर्यटन

List Grid
पोखराको रोयल पाम बन्द, कामदार घर फिर्ता

७ चैत, पोखरा । पोखरा चाउथेमा रहेको रोयल पाम रिसोर्टमा पोखरा उद्योग संघले चैत १ गते विशेष कार्यक्रम राखेको थियो । कोरोना भाइरसको सन्त्रास र भीड हुनेखालका कार्यक्रम नगर्न निर्देशन भइरहेकाले संघले कार्यक्रम रोक्यो । विश्वभर फैलिएको कोरोनाको सन्त्रासकै कारण फागुन पहिलो सातायता पोखरा रोयल पाम रिसोर्टमा ६ वटा यस्ता विशेष कार्यक्रमहरु स्थगित भए । […]

अब विमानस्थलको सफाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुन्छ : पर्यटन मन्त्री

७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा सुधार गरिने बताएका छन् । सफाई मजदुरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उनको भनाई छ । शुक्रबार मन्त्रालयमा आयोजित गैरआवासीय नेपाली संघ -एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ […]

नाम्चेका होटल अनिश्चितकालसम्मका लागि बन्द

७ चैत, काठमाडौं । सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्क रहँदै नाम्चेमा रहेका होटल तथा लज बन्द गरिएकाे हाे । लज एण्ड होटल एशोसिएसन, नाम्चेले एक विज्ञप्ति जारी गर्दै  यो निर्णय आजैदेखि कार्यान्वयनमा आएको जनाएकाे छ । एशोसिएसनका अनुसार, सरकारले […]

नेपाल एयरलाइन्सद्वारा जापान र दुवई उडान स्थगित

६ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । ७ चैत्र मध्यरात देखि लागु हुने गरी यी दुई गन्तब्यको उडान स्थगित गरिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय […]

धार्मिक स्थलमा ठूलो भीड हुन नदिइने, सभाहलहरुमा कार्यक्रम निषेध

६ चैत, काठमार्डौ । सरकारले सरकारी निकाय मातहत रहेका सबै संग्रहालय बन्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय मातहतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल र प्रेक्षालयमा अब कार्यक्रम गर्न नपाइने भएको छ । पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित […]

नेदरल्याण्डबाट आएका २ महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण क्षेत्रमा वेपत्ता

५ चैत, काठमाडौं । नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक जना भरिया बेपत्ता भएको बुधबार जानकारी दिएको छ । टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीका अनुसार नेदरल्याण्डको दूतावासबाट अन्नपूर्ण क्षेत्रमा आफ्ना दुई नागरिकसहित तीन […]

१६ वायुसेवा कम्पनीले रोके काठमाडौं जोड्ने २२ गन्तव्यका उडान

५ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेसँगै सरकारले विदेशबाट नेपाल आउने पर्यटकमाथि कडाइ थालेको छ । फलस्वरुप काठमाडौं अब विदेशी गन्तब्यबाट क्रमशः अलग भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले नेपालमा दैनिक ६५-७० उडान गर्ने गरी वायुसेवा कम्पनीले उडान अनुमति लिएका छन् । तर, १० मार्चबाट […]

नेपाल एयरलाइन्सद्वारा मलेसिया उडान स्थगित

४ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएसँगै नेपाल एयरलाइन्सले उडान स्थगित गर्ने निर्णय गरेको हो । क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको […]

कोरियन एयरको काठमाडौं उडान अब सोमबारमात्र

४ चैत, काठमाडौं । कोरियन एयरले काठमाडौं उडानमा व्यापक कटौती गरेको छ । साताको चार उडान गर्दै आएको कम्पनीले अब साताको एक उडान मात्र गर्ने भएको छ । सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गरेको हो । यसबीचमा सोमबार हुने उडान बाहेक कूल ६ वटा उडान रद्द भएका हुन् । कम्पनीका […]

थाई एयरद्धारा काठमाडौं उडान कटौती

३ चैत, काठमाडौं । थाई एयरवेजले काठमाडौं उडान कटौती गरेको छ । कम्पनीले आगामी ३० मार्चसम्म निर्धारित उडानमध्ये १० उडान कटौती गरेको छ । कम्पनीका अनुसार १३ मार्चबाट ३० मार्चसम्म १० उडान कटौती भएका छन् । बैंकक–काठमाडौं–बैंकक रुटमा १३, १६, १८, २०, २२, २३, २५, २७, २९ र ३० मार्चका लागि निर्धारित उडान कटौती गरिएको […]

होटेलका ९० प्रतिशत कोठा खाली

३ चैत, काठमाडौं । कोरोनाका कारण पाहुना आउन छाडेपछि होटेल सुनसान हुन थालेका छन् । विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलहरुको व्यपार ९० प्रतिशतसम्म घटेको छ । होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अक्कुपेन्सी औसत १० प्रतिशतभन्दा पनि कममा झरेको छ । संघकी अध्यक्ष सिर्जना राणा […]

यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ?

३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण संसारभर फैलिएपछि अन्तर्राष्ट्रिय पर्यटन खस्किएको छ । आन्तरिक हवाई यात्रुहरु बढेका छन्, तर पनि एयरलाइन्स कम्पनी घाटा भयो भनिरहेका छन् । विभिन्न देशहरुले लगाएको यात्रा प्रतिवन्ध र कोरोना संक्रमणको डरले अन्तर्राष्ट्रिय पर्यटक आगमन प्रभावित छ। नेपालमा १० मार्चसम्म चीनबाहेक अन्य मुलुकबाट अन्तराष्ट्रिय हवाई यात्रुको आगामवन सामान्य थियो । […]

अब भ्रमण वर्ष होइन, भ्रमण दशक

२ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि भ्रमण वर्ष २०२० लाई स्थगित गरेको सरकारले अब भ्रमण दशकको अवधारणा अघि सारेको छ । भ्रमण दशक २०२०–२०३० घोषणा गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । आइतबार मन्त्रालयमा सातै प्रदेशका पर्यटन मन्त्रीका साथै महानगरपालिकाका प्रमुखहरु भएको छलफलमा […]

आन्तरिक उडानमा घट्यो अक्कुपेन्सी आधा, हेलिकोप्टरको बुकिङ रद्द

३० फागुन, काठमाडौं । मूख्य पर्यटकीय सिजनमा पर्यटक आवागमन बन्द भएसँगै त्यसले आन्तरिक उडानमा प्रत्यक्ष असर गरेको छ । वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक उडानमा अहिले ५० देखि ६० प्रतिशतसम्म यात्रु घटेका छन् । कोरोना भाइरसको जोखिमका कारण विश्वभर पर्यटक आवागमन अवरुद्ध भएको हो । त्यसले आन्तरिकतर्फ पर्यटकीय गन्तब्यमा यात्रु घटेको संघले उल्लेख गरेको छ […]

वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित

३० फागुन, काठमाडौं । वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित भएका छन् । कोरना भाइरस भित्रिन नदिन सतर्कता अपनाएको सरकारले यस सिजनअन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । बिहीबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित गर्ने कदम चालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ । पर्वतारोहणका […]

स्थलमार्गबाट नेपाल आउने पर्यटकलाई सबै ढोका बन्द

२९ फागुन, काठमाडौं । नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन । स्थलमार्गबाट […]

नारायणहिटी संग्रहालयको गुरुयोजना बन्ने

२८ फागुन, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना बन्ने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा सम्पन्न उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित उच्चस्तरीय […]

कोरोना डर पर्वतारोहणमा पनि, आरोहीले १४ दिने यात्रा विवरण बुझाउनुपर्ने

२७ फागुन, काठमाडौं । सरकारले बसन्त ऋतुमा हुने पर्वतारोहणमा पनि कडाइ गर्ने भएको छ । विश्वभर फैलिएको कारोना भाइरसको संक्रमण रोक्न प्रयासरत सरकारले पर्वतारोहण गतिविधि सञ्चालनमा पनि नयाँ नियम लागू गरेको हो । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नुपर्छ । अहिले […]

नेपाल एयरलाइन्सले पनि रोक्यो कतार उडान

२७ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । नेपालीहरु पनि हाललाई कतार […]

हिमालयले रोक्यो कतार उडान, कतार र नेपाल एयरलाइन्स अझै उड्दै

२७ फागुन, काठमाडौं । नेपालसहित १४ मुलुकका नागरिकलाई भिसा दिन बन्द गरेको कतारमा नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान झिकेको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुने गरी कतारमा निर्धारित सबै उडान रद्द गरेको जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म हिमालयले काठमाडौंबाट कतारका लागि निर्धारित उडान फिर्ता गरेको हो । कतारले नेपालीसहित […]

अब क्यासिनोको बक्यौता दायित्व होटेललाई, नतिर्नेलाई ३५ दिने ताकेता

२६ फागुन, काठमाडौं । नेपालका ६ वटा क्यासिनोले सरकारलाई पुरानो बक्यौता तिर्न बाँकी छ । पटक-पटक प्रयास गर्दा पनि क्यासिनोबाट वक्यौता उठाउन नसकेको सरकारले अब क्यासिनो रहेको होटेललाई क्यासिनोको दायित्वमा समेत जिम्मेवार बनाउन थालेको छ । सोहीअनुसार कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालयले बक्यौता नउठेका क्यासिनो रहेका होेटल र त्यसका जिम्मेवार व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ […]