+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
31/2 (5.6)
Shares

पोखरा विमानस्थलका ठेकेदारसँग सवा २ अर्ब असुल गर्ने प्राधिकरणको निर्णय

महालेखाले यो आयोजनाको निर्माण व्यवसायीसँग भएको सम्झौता नेपालभित्र र बाहिरको भए पनि लाग्ने कर शुल्क महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीको हुने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते २०:२५

१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माण गर्ने चिनियाँ ठेकेदारलाई २ अर्ब २२ करोड रुपैयाँ कर तिराउने निर्णय गरेको छ ।  महालेखा परीक्षकको कार्यालयबाट ६०औं वार्षिक प्रतिवेदनमा उल्लेखित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिने निर्णयमा प्रश्न उठाउँदै असुल गर्नुपर्ने बताएको थियो ।

प्राधिकरणले गत कार्तिक १३ गते पर्यटन मन्त्रालयलाई पत्र लेख्दै तत्कालिन सरकारले नियम बिपरित दिएको उक्त कर छुट सो कम्पनीलाई तिर्न बाँकी रकमबाट घटाइने जानकारी दिएको हो ।

प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको एम/एस चाइना सीएमसी इन्जिनियरिङलाई ३ अर्ब ४ करोड ९९ लाख ४५ हजार १ सय ३१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकामा त्यस रकमबाट बेरुजु फर्छ्योट गरी बाँकी रकममात्र भुक्तानि गर्ने  निर्णय २० असोज २०८२ मा भएको  जनाएको छ ।

निर्माण व्यवसायीलाई भुक्तानी हुन बाँकी धरौटी सहित रकम करिब ३ अर्ब ४ करोड ९९ लाख रुपैयाँबाट उल्लेखित बेरुजु रकम कट्टा गर्न तथा सोही प्रकृतिका भन्सार शुल्क तथा महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) बापत (अन्त:शुल्क बाहेक) छुट दिएको भए उक्त रकमसमेत यसै प्रक्रिया बमोजिम नै कट्टा गरी बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी हुन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

तर, सम्झौतामा व्यवस्था नै नभएको अवस्थामा आयोजनाले मास्टर लिस्टमा राखेर यो वर्षसम्म शुल्क तथा महसुल र भ्याटबापत २ अर्ब २२ करोड ४० लाख छुट दिएको देखिएको थियो ।

महालेखाले बोलपत्रमा कबोल गर्दा यससम्बन्धी व्यवस्था नभएको, सम्झौतामा समेत यस्तो छुट दिने व्यवस्था नभएकोमा आयोजनाले त्यसपछि मास्टर लिस्टमा राखी भन्सार तथा महसुल छुट दिएको उल्लेख गरेको थियो ।

यो बेरुजुबारे पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयले समेत प्रश्न उठाएका थिए । त्यसपछि प्राधिकरणले धरौटी र भुक्तानी गर्न बाँकी रकमबाट बेरुजु फर्छ्योट गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?