News Summary
Generated by OK AI. Editorially reviewed.- जनवरी–नोभेम्बर २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन्।
- त्रिभुवन विमानस्थलले वार्षिक क्षमता ८० लाख भए पनि २०२४ मा ९४ लाख २३ हजार ७ सय २५ यात्रु व्यवस्थापन गरेको छ।
- गौतमबुद्ध र पोखरा विमानस्थलले क्रमशः १३ हजार ४ सय ३२ र ७ लाख ९८ हजार ७ सय ९१ यात्रुलाई सेवा दिएका छन्।
१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिना (जनवरी–नोभेम्बर २०२५) मा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् ।
तीमध्ये अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सयले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार यो अवधिमा काठमाडौं विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् । विदेशबाट २० लाख ३ हजार ६ सय ७२ जना नेपाल आएका छन् ।
त्यस्तै आन्तरिकतर्फ ११ महिनामा १९ लाख ३६ हजार ४ सय २६ यात्रुले काठमाडौं छाडेका छन् । अन्य आन्तरिक विमानस्थलबाट काठमाडौं अवतरण गरेका यात्रु संख्या १७ लाख ८२ हजार ३ सय ७४ रहेको प्राधिकरणको तथ्यांक छ ।
नोभेम्बरसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण गरेका छन् । १४ हजार १ सय २६ पटक जहाजले उडान भरेका छन् ।
त्यस्तै आन्तरिकतर्फ काठमाडौंमा ४२ हजार २ सय ६४ पटक जहाज अवतरण गरेका छन् । ४२ हजार २ सय ७८ पटक जहाजले उडान भरेको प्राधिकरणको आँकडा छ ।
प्राधिकरणका अनुसार कार्गोतर्फ अन्तर्राष्ट्रियतर्फ कुल २ करोड २५ लाख १० हजार २ सय २ किलो ओसारपसार भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको मुख्य हवाई बिन्दुमध्ये एक हो । आन्तरिकतर्फ यस विमानस्थलबाट कुल ३० लाख ३० हजार ८ सय ८ किलो सामान ओसारपसार भएको तथ्यांक छ ।
त्रिभुवन विमानस्थलमा यात्रु संख्या
अन्तर्राष्ट्रिय : ४० लाख ९८ हजार ५ सय ४९
(आगमन : २० लाख ३ हजार ६ सय ७२, प्रस्थान : २० लाख ९४ हजार ८ सय ७७)
आन्तरिक : ३७ लाख १८ हजार ८ सय
(आगमन : १७ लाख ८२ हजार ३ सय ७४, प्रस्थान : १९ लाख ३६ हजार ४ सय २६)
त्रिभुवन विमानस्थलले सन् २०२४ मा रेकर्ड ब्रेक संख्यामा यात्रु व्यवस्थापन गरेको थियो । त्यस वर्ष कुल ९४ लाख २३ हजार ७ सय २५ यात्रु व्यवस्थापन भएको थियो । सन् २०२३ मा ८६ लाख ५४ हजार यात्रु व्यवस्थापन गरिएको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार यस विमानस्थलको क्षमता वार्षिक ८० लाख हाराहारी छ । त्रिभुवन विमानस्थलले अहिले क्षमताभन्दा बढी संख्यामा यात्रु व्यवस्थापन गरिरहेको छ ।
यात्रु चाप काठमाडौंमा केन्द्रित हुँदा अन्य दुई विमानस्थलमा भने अन्तर्राष्ट्रिय उडानको चाप छैन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ११ महिनामा कुल १३ हजार ४ सय ३२ अन्तर्राष्ट्रिय यात्रुलाइ सेवा दिएको छ । जसमध्ये ७ हजार १ सय ७ यात्रु प्रस्थान गरेका छन् भने ६ हजार ३ सय २५ यात्रु आगमन भएको छ ।
यस विमानस्थलमा आन्तरिक यात्रु आगमन ३ लाख ४१ हजार ४ सय ६३ र प्रस्थान ३ लाख ३३ हजार ८ सय ७१ छ । पोखरा विमानस्थलका हकमा भने आन्तरिक र वाह्य दुवै यात्रु संख्या एकै ठाउँमा जोडिएको छ ।
पोखराले ११ महिनामा कुल ७ लाख ९८ हजार ७ सय ९१ यात्रुलाई सेवा दिएको छ । जसमध्ये ३ लाख ८३ हजार ७ सय ५७ यात्रु आगमन भएको छ । ४ लाख १५ हजार ३४ यात्रु प्रस्थान गरेका छन् ।
प्रतिक्रिया 4