News Summary
Generated by OK AI. Editorially reviewed.- कतारको दोहाबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई नयाँदिल्ली डाइभर्ट गरिएको छ।
- दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र इन्डिगो एयरको जहाज दिल्ली डाइभर्ट भएका छन्।
- आज बिहान लुक्लातर्फका आन्तरिक उडानहरू कम भिजिबिलिटीका कारण रद्द भएका छन्।
१३ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।
दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।
आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4