+
+
Shares

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊमा डाइभर्ट भएको छ।
  • त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा \'मिस एप्रोच\' का कारण जहाज अवतरण गर्न सकेको छैन।
  • उडान नम्बर \'टीएलएम २२०\' को यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो।

२६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।

सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।

 

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?