+
+
Shares

पर्यटन बोर्डले सचिव मैनालीलाई गर्‍यो स्वागत, नवनियुक्त सदस्यको शपथ

सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले सचिव हरिप्रसाद मैनालीलाई स्वागत गरी नयाँ सदस्यहरूको पद तथा गोपनीयता शपथ गराएको छ।
  • मैनालीले पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा सहकार्य र रणनीति अपनाउने बताए।

२० जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको स्वागत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर आएका सचिव मैनालीको मंगलबार बोर्डमा एक कार्यक्रमबीच स्वागत गरिएको हो । बोर्ड अध्यक्ष समेत रहेका मैनालीले नवनियुक्त सदस्य नरेन्द्रदेव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ समेत गराए ।

वरिष्ठ पर्यटन व्यवसायी तथा लक्जरी एडभेन्चर पर्यटनका अगुवा भट्ट र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको पर्यटन क्षेत्रमा नवीन सोच, अनुभव र ऊर्जा थपिएको अपेक्षा गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।

कार्यक्रममा सीईओ जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेका रणनीति तथा आगामी योजना प्रस्तुत गर्दै नयाँ नेतृत्वसँग सहकार्य गरी पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताए ।

‘सचिव मैनालीको मार्गदर्शन र दुई नवनियुक्त सदस्यहरूको विविध अनुभवले बोर्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माणमा सशक्त बनाउने छ । हामी सहकार्यमा आधारित परिवर्तन ल्याउने योजनामा छौं,’ उनले भने ।

कार्यक्रममा सचिव मैनालीले पर्यटन बोर्डका गतिविधिबारे प्रत्यक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए ।

‘नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आय आर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ,’ उनले भने, ‘मैले नीतिगत सहजीकरण गर्नेछु, समस्या समाधानमा साथ दिनेछु । हामी सधैंभरि यस्ता जिम्मेवारीमा रहिरहन सक्दैनौं, तर यस कार्यकालमा गरिने कामले भविष्यमा आत्मसन्तुष्टि मिलोस् र राष्ट्रको पर्यटनमा योगदान पुगोस् भन्ने मेरो चाहना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?