+
+
Shares

पर्यटन बोर्ड निमित्त सीईओमा ऐर

पर्यटन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई तोकिएको छ।
  • सरकारले अध्यादेश ल्याएपछि बोर्ड सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए र रिक्तता पूर्ति गर्न ऐरलाई जिम्मेवारी दिइएको हो।
  • ऐरले बोर्डको दैनिक प्रशासन, नीति कार्यान्वयन, कार्यक्रम समन्वय तथा पर्यटन प्रवर्द्धन सम्बन्धी गतिविधि सञ्चालन गर्नेछन्।

२३ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

सरकारले अध्यादेश ल्याएपछि  बोर्ड सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए । अध्यादेशपछि बोर्ड नेतृत्व रिक्त थियो । सोही रिक्तता पूर्ति गर्न तत्कालका लागि वरिष्ठताका आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

ऐर २६ वर्षदेखि बोर्डमा कार्यरत छन् । उनले पछिल्लो १५ वर्षदेखि विभिन्न महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बोर्डको नेतृत्व रिक्तताको समयमा ऐरले नै निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

मन्त्रालयका अनुसार ऐरले बोर्डको दैनिक प्रशासन, नीति कार्यान्वयन, कार्यक्रम समन्वय तथा पर्यटन प्रवर्द्धन सम्बन्धी गतिविधि सञ्चालन गर्नेछन् ।

बोर्डका नियमित काम अवरुद्ध नहुने गरी व्यवस्थापनलाई निरन्तरता दिन उनलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

बोर्डभित्र लामो समयदेखि कार्यरत ऐर पर्यटन क्षेत्रको प्रशासनिक तथा व्यवस्थापकीय अनुभव भएका वरिष्ठ निर्देशक हुन् । उनले यसअघि विभिन्न परियोजना तथा बोर्डका कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

पर्यटन क्षेत्रका सरोकारवालाले बोर्ड नेतृत्वमा आएको परिवर्तनले नीतिगत निरन्तरता र कार्यक्रम कार्यान्वयन नियमित सञ्चालन हुने प्रतिक्रिया दिएका छन् ।‌

हाल ऐरको नेतृत्वमा बोर्डले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति मजबुत बनाउने तथा आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउने कार्यलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?