+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ६ वटा पाटे बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन्।
  • निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले मृत बाघमध्ये दुई भाले, तीन पोथी र एउटाको पहिचान नभएको बताए।
  • मृत बाघमध्ये दुई जुधेर, तीन उद्धार अवस्थामा र एउटा प्राकृतिक कारणले मरेको जानकारी दिइएको छ।

चितवन, २३ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो ।

बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन ।

मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उनले जानकारी दिए । अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए । यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?