News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएपछि सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।
- विभागले मर्मत कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बर भ्यालिडेट सेवा अवरुद्ध हुने जनाएको छ।
- राष्ट्रिय परिचयपत्र विवरण सच्याउने, जन्म दर्ता गर्दा एनआईएन जेनेरेट हुने सेवा र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणमा बायोमेट्रिक रुजु सेवा समेत अवरुद्ध हुने विभागले खुलाएको छ।
२३ वैशाख, काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ ।
२१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण सेवा आंशिक रूपमा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसको मर्मत कार्य जारी रहेकोले उक्त कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले भ्यालिडेट सेवा अवरुद्ध हुने जनाइएको छ ।
विभागका अनुसार राष्ट्रिय परिचयपत्र विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त एनआईएन जेनेरेट हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएससँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरुद्ध हुनेछन् ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरी प्रणालीबाट पहिले भ्यालिडेट भएकाहरूको हकमा राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएका सेवाहरू भने सञ्चालनमा रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया 4