+
+
Shares

‘पर्यटन प्रवर्द्धनमा लैङ्गिक संवेदनशील र लचिलोपन आवश्यक’

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको ढकालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताउनुभयो।
  • ढकालले नेपालमा आन्तरिक पूँजी परिचालन गरी पूर्वाधार निर्माण र उद्यमशील काम गर्न १० अर्ब रुपैयाँ लगानीमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिनुभयो।
  • महासंघले महिला उद्यमशीलता विकास र नेतृत्व अभिवृद्धिका लागि विधान संशोधन गरी पहल गरेको ढकालले उल्लेख गर्नुभयो।

९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासमा लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताए ।

उनले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताए । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार रहेको र देशको आर्थिक विकासमा आन्तरिक तथा वाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको उनको भनाइ छ ।

‘पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ, यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,’ ढकालले भने ।

पर्यटन क्षेत्रमा महिला सहभागिता बढ्दै गएको र यसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको उनले बताए । उद्योग वाणिज्य महासंघले महिला उद्यमशीलता विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको जानकारी उनले दिए ।

महासंघ नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न महासंघले विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरको समेत उनले बताए ।

अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावना रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । उनले नेपालमै आन्तरिक पूँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिन्छ भन्ने सोचसाथ महासंघको पहलमा १० अर्ब रुपैयाँ लगानीमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहको जानकारी दिए ।

उनले आन्तरिक बचत एकीकृत गर्न तथा उद्यमशीलतालाई आवश्यक पूँजी व्यवस्था गर्नका लागि दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए ।

नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?