+
+
Shares

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:३०
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढे नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको १६औं वार्षिक साधारण सभामा उनले ढकालले ‘जबसम्म निजी क्षेत्र सँगसँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन, यो प्रमाणित पनि भइसकेको छ’ भन्ने धारणा राखे ।

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण फेर्नुपर्ने आवश्यकता उनले औँल्याए । अर्थतन्त्रका एजेन्डामा नेपाल पछि परेकाले यसमा ध्यान दिनुपर्ने समेत उनले बताए ।

‘नेपालमा केही गर्न सकिँदैन भनेर जुन प्रचार गरिएको छ, त्यसलाई चिर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको छ,’ ढकालले भने, ‘आन्तरिक पूँजी परिचालन गरेर धेरै गर्न सकिन्छ, नेपालमा केही गर्न सकिँदैन भन्ने सन्देश चिर्दै निजी क्षेत्रले नेपालमै केही गर्न सकिन्छ भनेर गर्न सन्देश दिएको छ ।’

त्यस्तै जेनजी आन्दोलनले माग गरे जस्तै सुशासनका विषयमा निजी क्षेत्रले पनि माग गरेको उनको भनाइ छ  आन्दोलनपछि कतिपय निजी क्षेत्रले माग गरेका विषय परिवर्तन भइसकेका र हुने क्रममा रहेकाले निजी क्षेत्र उत्साहित छ ।

ढकालले सीईओको हातमा निर्णय रहने भएकाले उनीहरूको चाहना अनुसार काम हुने गरेको गुनासो गरे ।  ‘सीईओले चाह्यो भने त्यो अध्यक्षलाई मनाएर जसरी पनि पारित गर्छ, तर यदि सीईओले चाहेन भने उसले कुनै कुरा पारित गर्न मान्दैन, यस्तो किसिमको गतिविधि सबैतिर,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?