+
+
Shares

सबैभन्दा ठूलो धर्म मानव सेवा : अध्यक्ष ढकाल

अध्यक्ष ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तीव्रता दिई बागलुङ जिल्लासहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवा जोडेर हेर्नुपर्ने बताए।
  • ढकालले बागलुङ धार्मिक पवित्र भूमि भएको र मुक्तिनाथ, दामोदरकुण्ड लगायत तीर्थस्थलको प्रचारप्रसार गर्नुपर्ने उल्लेख गरे।
  • मानव सेवा आश्रमले सातै प्रदेशमा सडक मानवमुक्त अभियान चलाएको र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण भइरहेकोमा प्रशंसा गरे।

२१ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवा जोडेर हेर्नुपर्ने बताएका छन् ।

मानव सेवा आश्रम बागलुङ शाखा भवन निर्माणका लागि आजदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, ‘सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ, त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ ।’

अध्यक्ष ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तीव्रता दिई बागलुङ जिल्लासहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

‘बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरूपमा यसलाई चिनाउन आवश्यक छ, मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ,’ ढकालले भने, ‘मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रूपमा सहभागी हुनेछु ।’

विश्वका हिन्दु धर्मावलम्बीको आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र, दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा प्रसिद्ध तीर्थस्थल र यिनको महत्त्वको प्रचार गर्न आफूहरू पर्यटन पूर्वाधारमा लाग्ने उनले बताए ।

अध्यक्ष ढकालले मानव जातीको सेवाका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानवमुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएकोमा धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?