+
+
Shares

पूर्वाधार विकासमा आन्तरिक पूँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

देशमै छरिएर रहेको पूँजी एकत्रित गरी पूर्वाधार विकास तथा उद्यमशीलता विकास गर्नुपर्ने ढकालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताए।
  • महासंघले १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी ठूला पूर्वाधार र उद्यमका लागि पूँजी अभाव नहुने जनाएको छ।
  • महासंघले निजी क्षेत्रमाथि आक्रमण गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग राखेको र सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष समावेश गर्ने निर्णय भएको बताएको छ।

२३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् ।

काभ्रे उद्योग वाणिज्य संघको ४३औं वार्षिक साधारणसभा तथा ५९औं स्थापना दिवसमा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।

उनले देशमा ठूला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजी एकत्रित गरी पूर्वाधार विकास तथा उद्यमशीलता विकास गर्नुपर्ने बताए ।

अध्यक्षका ढकालले त्यसैका लागि महासंघ पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजी अभाव नहुने बताए ।

देशको आर्थिक वातावरण सुधार गर्न महासंघ निरन्तर बहस र पैरवी गरिरहेको चर्चा गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघको प्राथमिकतासाथ उठाएको बताए ।

‘देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो, जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेन्डा महासंघले उठाउँदै आएका एजेन्डा हुन्,’ उनले भने, ‘यद्यपि, पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानमा ठूलो क्षति भएको छ, उद्योगी–व्यवसायीको मनोबल कमजोर भएको अवस्था छ, यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ ।’

उनले निजी क्षेत्रमाथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग राखेको र सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको बताए ।

‘महासंघको आग्रहमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षा समितिमा उद्योग वाणिज्य संघ अध्यक्ष एवं प्रतिनिधिलाई समावेश गर्ने निर्णय गरेको छ, यसका लागि हामी सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं,’ उनले भने ।

यस्तै उनले महासंघ पहलमा लामो समयदेखिको ‘ट्रंक तथा डेडिकेटेड लाइन’ को समस्या समाधानका लागि सरकारसँग सहमतिको प्रयास गरेको र यो प्रयाससँगै विद्युत् विषयले दीर्घकालीन समाधान खोज्ने विश्वास लिएको बताए ।

अध्यक्ष ढकालले जिल्ला नगर वाणिज्य संघहरूको माग अनुरूप विधान संशोधन गरी दुई उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघ लाभान्वित हुने बताए ।

उनले सबैको साझा लक्ष्य स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैं तयार रहको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?