Photo Credit : ANI
२१ मंसिर, काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किंदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको नाइट क्लबमा विस्फाेटपछि आगलागी भएको थियो ।
प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।
घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।
कतिपयको जलेर र कतिपयको धुवाँमा निसासिएर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
गोवा सरकारले घटनाको जाँच र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4