+
+
Shares

गोवाका नेपाली समुदायलाई श्रम सचेतना

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ८:३८

३१ असार, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा गोवामा श्रम सचेतना कार्यक्रम गरिएको छ । भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुनबारे जानकारी दिन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानव बेचबिखन र तस्करीविरुद्ध क्रियाशील सामाजिक संस्था ुकिन इन्डियाु, दिल्लीको सहकार्यमा सम्पन्न भएको हो ।

ुकिन इन्डियु दिल्लीका निर्देशक नवीन जोशीका अनुसार भारतमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूलाई नियम, कानुन थाहा नहुनुका कारण विभिन्न समस्यामा पर्नुपरेको छ । उनीहरूलाई सचेत गराउने उद्देश्यले गोवामा यो कार्यक्रम आयोजना गरिएको हो ।

करिब २०० नेपाली श्रमिकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा भारतका कानुन व्यवसायीहरूको समेत सहभागिता रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रममा नेपाली दूतावासका डेपुटी चिफ डा। सुरेन्द्र थापाले श्रमिकहरूले भोगिरहेका समस्याहरू, कानुनी उपायहरू तथा समस्यामा परेमा कुन निकायबाट सहयोग लिन सकिन्छ भन्नेबारे जानकारी गराएका थिए ।

ुकिन इण्डियाुका नेपाल प्रमुख इन्द्रराज भट्टराईले सुरक्षित आप्रवासनका बारेमा नेपाली समुदायलाई सचेत गराएका थिए ।

उनका अनुसार हाल भारतमा बिभिन्न ठाउँहरूमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूले विविध समस्या भोग्नुपरेको, कतिपय नेपालीहरू मानव बेचबिखन र तस्करीमा पर्ने गरेको पृष्ठभूमिमा यस्ता सचेतनामूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागीहरू ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?