Comments Add Comment

पर्यटन

List Grid
पशुपतिभित्रका अवैध संरचना हटाउन कोषको उर्दी

४ माघ, काठमाडौं । पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो । पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र […]

उपत्यका नजिकै थपिए दुई ‘प्याराग्लाइडिडङ जोन’

३ माघ, काठमाडौं । साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि काठमाडौं उपत्यका नजिकै दुई क्षेत्र थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘सूर्यचौर-शिवपुरी-नुवाकोट’ क्षेत्रमा एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो । यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न […]

निजगढ विमानस्थलको लागि जुरिच एयरपोर्टसँग लगानी बोर्डले माग्यो प्रस्ताव

३ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्ताव माग गरेको छ । बोर्डले यो विमानस्थल निर्माणका लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो । सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो । विमानस्थको विकास र […]

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छूट

३ माघ, काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन नेपाल (रेबान)को आयोजनामा तनहुँको बन्दिपुरमा ‘रेबान-बन्दीपुर फेष्ट २०२०’ सञ्चालन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेबानले उल्लेख गरेको छ । पर्यटकीय स्थल बन्दीपुरमा १७ र १८ माघमा फेस्टिवल संचालन हुनेछ । रेबान काठमाडौंसहित पोखरा र रेबान […]

वायुसेवा सञ्चालकलाई किन हटाइयो प्राधिकरणको बोर्डबाट ?

२ माघ, काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति (बोर्ड)बाट वायुसेवा सञ्चालक हटाएको छ, युरोपियन युनियन (ईयू) को वायुसेवा सम्बद्ध कालोसूचीबाट बाहिर निस्कन प्रयासरत सरकारले लिएको यो निर्णय निकै महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधान अनुसार नियमनकारी निकायको सञ्चालक समितिमा सेवा प्रदायक संस्थाका प्रतिनिधिको प्रतिनिधित्व रहनु हुँदैन । तर, नेपालले यो […]

शरद ऋतुमा २५ हिमालमा आरोहण, ९५१ जना चुचुरोमा

१ माघ, काठमाडौं । शरद ऋतुमा ५३ हिमाल आरोहणका लागि अनुमति जारी भएको थियो । त्यसमध्ये २५ वटा हिमालमा मात्र आरोहण सम्भव भएको पर्यटन विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार शरद ऋतुमा कूल ९ सय ५१ जनाले चुचुरो चुम्न सफल भएको छन् । त्यसमध्ये ५ सय ३५ जना आरोही हुन भने ४ सय […]

२८ माघबाट विस्ताराको नेपाल उडान तय

२९ पुस, काठमाडौं । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले ११ फेब्रुअरी (२८ माघ) बाट नेपाल उडान शुरु गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल उडानको तालिका सार्वजनिक गर्दै बुधबारदेखि दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ । सिंगापुर एयरलाइन्स र टाटा समूहको संयुक्त लगानीमा स्थापना भएको कम्पनीका लागि काठमाडौं चौथो अन्तर्राष्ट्रिय गन्तब्य हो । विस्ताराले […]

निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री

२९ पुस, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् । बुधबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै […]

गण्डकी प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ बन्दै

२९ पुस, गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने […]

त्रिभुवन विमानस्थलको शौचालय पुगेर पर्यटनमन्त्रीले सोधे-टिस्यु पेपर खै हाकिम सा’ब ?

२६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पुगे । उनले मुख्य गरी शौचालयहरुको निरीक्षण गरे । जब उनी शौचालयहरु हेर्न पुगे, हात धोएपछि पुछ्न न टिस्यु पेपर राखेको देखे, न ड्रयाकर मेसिन नै । किन नराखेको भनेर विमानस्थल हाकिम र सरसफाइ व्यवस्थापन हेर्नेहरुसँग सोधे । […]

एक अर्ब खर्चिएर यस्तो बनाइँदैछ दानापुर ताल

२६ पुस, बुटवल । रूपन्देहीको दानापुरस्थित पोखरी कुनै समय गाईवस्तु र चराचुरुङ्गीलाई पानी खुवाउन संरक्षण गरिएको थियो । काँडे लहरा अनि अजम्बरीले ढाकिएको झाडीको बीचमा बनाइएको त्यो पोखरी अहिले १९.५ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । कञ्चन गाउँपालिका-१ मा रहेको पर्ने यो ताल संरक्षणमा समयमाई सामुदायिक वन उपभोक्ता समूहले अग्रसरता देखायो र २०६८ सालमा राष्ट्रिय […]

तारे होटलका ४५ प्रतिशत कोठा खाली, साना होटलसँग मूल्यमा प्रतिस्पर्धा

२२ पुस, काठमाडौं । सरकारले तामझामसँग भ्रमण वर्षको सुरुवात गरिरहँदा तारे होटेलहरुको व्यवसाय भने खस्केको छ । अधिकांस तारे होटेलका आधाउधी कोठाहरु खाली छन् । सन् २०१८ मा नेपाल आउने पर्यटक उल्लेख्य संख्यामा बढेका थिए । पहिलोपटक १० लाख पर्यटकको आँकडा नाघ्दा होटेल र पर्यटन व्यवसायीलाई उत्साहित बने । तर, सन् २०१९ ले फेरि उनीहरुलाई […]

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर […]

को हुन् पर्यटक, को होइनन् ? परिभाषा बदल्दै सरकार

२१ पुस, काठमाडौं । ‘टुरिस्ट’ भन्ने वित्तिकै गोरो छाला, खैरो कपाल भएको, पटट अंग्रेजी बोल्ने विदेशी नागरिकको छवि हाम्रो आँखामा आउँछ । पर्यटक को हुन् र को होइनन् भन्नेमा सरकारको परिभाषा भने विरोधाभाषपूर्ण छ । पर्यटन ऐन २०३५ ले भन्छ : नेपालमा आउने विदेशी नागरिक र नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नै […]

दैनिक साढे ६ सय अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

२१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा दैनिक साढे ६ सय अन्तराष्ट्रिय हवाई यात्रु कम उडेका हुन् । सन् २०१८ मा कूल ४३ लाख ४२ हजार ४८६ अन्तराष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । […]

भ्रमण वर्षप्रति आशा : प्रदेश १ का व्यवसायी होटलमा लगानी थप्दै

२१ पुस, विराटनगर । पछिल्लो समय प्रदेश एकको राजधानी विराटनगरमा होटल व्यवसायमा लगानी गर्न आकर्षण देखिएको छ । व्यवसायीसमेत रहेका उद्योग राज्यमन्त्री मोती दुगड आफैंले यस प्रदेशमै पहिलो पाँचतारे होटलको निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् । चारतारे होटलमा सफल भएपछि उनले भृकुटी चोकमा पाँचतारे होटलसहितको सेन्चुरियन मल निर्माण थालेका हुन् । यो होटलमा गरेको लगानी […]

दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल माघ १८ देखि

२० पुस, काठमाडौं । साहसिक खेल प्रतियोगिता अन्तर्गत् दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल यही माघ १८ देखि २७ गतेसम्म मनाङमा सञ्चालन हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुने सो प्रतियोगितामा कूल ४५ जनाको सहभागिता रहने संघका अध्यक्ष सन्तवीर लामाले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० चलिरहेको सन्दर्भमा साहसिक पर्यटन प्रवर्द्धनको […]

सीजीका विश्वब्यापी होटलमा नेपाली झण्डा

२० पुस, काठमाडौं । जब कुनै नेपाली देशको सीमा नाघेर परदेश जान्छ, ऊ व्यक्ति मात्रैमा सीमित रहँदैन, ऊसँग देशको पहिचान पनि जोडिएको हुन्छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शानदार पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’मा फहराइरहेको चन्द्र र सूर्यअंकित नेपाली राष्ट्रिय झन्डा यसको उदाहरण हो । नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी […]

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान   

२० पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । पुस २२ तारिखका दिन विदेशस्थित नेपाली […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्न विभिन्न काम भइरहेका छन् । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको […]

बुटिक होटेलसमेत अब सरकारको वर्गीकरणमा

१९ पुस, काठमाडौं । सरकारले अब हेरिटेज तथा बुटिक होटेलहरूलाई समेत वर्गीकरण गरी प्रमाणपत्र दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटेल तथा रिसोर्टहरूसम्बन्धी ल्याएको नयाँ मापदण्डले हेरिटेज र बुटिक होटेललाई समेत वर्गीकरण गरेको हो । बुटिक होटेलका नाममा खुलेका होटेलहरू अब सेवा र सुविधाको हिसाबले समेत ‘लक्जरी’ हुनुपर्ने छ । बुटिक […]