News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय एयरलाइन्सले रियाद, दमाम र दोहातर्फका सबै उडान अस्थायी रूपमा रद्ध हुँदा टिकट पूर्णफिर्ता सुविधा उपलब्ध गराएको छ।
- यात्रुले टिकट जारी गर्ने निकाय, एयरलाइन्स कार्यालय वा ट्राभल एजेन्सीमा सम्पर्क गरी टिकटको पूरै रकम फिर्ता लिन सक्ने जानकारी दिइएको छ।
- मध्यपूर्वमा युद्धका कारण आकास बन्द हुँदा यस क्षेत्रको हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ।
२८ फागुन, काठमाडौं । हिमालय एयरलाइन्समा टिकट काटेर उड्न नपाएका यात्रुलाई कम्पनीले टिकट पूर्णफिर्ता सुविधा उपलब्ध गराएको छ ।
हिमालय एयरलाइन्सले बिहीबार सूचना प्रकाशित गर्दै रियाद, दमाम र दोहातर्फका सबै उडान अस्थायी रूपमा रद्ध हुँदा यात्रुले टिकटको पूरै रकम फिर्ता पाउने जनाएको छ ।
टिकट पूर्णफिर्ता गर्न यात्रुलाई टिकट जारी गर्ने निकाय, एयरलाइन्स कार्यालय वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । मध्यपूर्वमा युद्धका कारण आकास बन्द गर्नुपरेको छ । यसले यस क्षेत्रको हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4