+
+
Shares

दोलखामा सम्पर्कविहीन हेलिकप्टर सुरक्षित फेला

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १७:१२

१३ चैत, काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।

‘हाम्रो हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको छ,’ लामिछानेले भने, ‘हामी विस्तृत विवरण लिइरहेका छौं ।’

उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर दोलखा बिगु गाउँपालिका-१ लाप्चे गुम्बा नजिकै साँझ ५ बजे खराब मौसमका कारण सुरक्षित अवतरण गरेको भेटिएको छ ।

हेलिकप्टर मध्याह्न १२:१७ बजे लाप्चाबाट चरीकोटका लागि उडेको थियो । तर, मौसम खराब भएपछि लाप्चे गुम्बा नजिकै सुरक्षित अवतरण गरे पनि भौगोलिक विकटताका कारण उड्डयन सञ्चार प्रणालीमा सम्पर्क गर्न सकेको थिएन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?