News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा दोलखाको लाप्चा क्षेत्रमा शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन भएको छ।
- हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार थिए र खराब मौसमका कारण लाप्चा क्षेत्रमा कतै अवतरण गरेको प्रारम्भिक सूचना छ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको दर्ता नम्बर ‘९एन-एएनओ’ रहेको र सम्पर्कविहीन भएको पुष्टि गरेको छ।
१३ चैत, काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।
क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु सवार छन् । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणका एक अधिकारीले बताए ।
‘पछिल्लो सूचना अनुसार खराब मौसम कारण हेलिकप्टर लाप्चा क्षेत्रमा कतै अवतरण गरेको छ,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘तर, यो सूचना पुष्टि हुन बाँकी छ ।’
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टरमा पाइलट सहित पाँच जना सवार रहेको बताए । हेलिकप्टरमा अपर लप्ची जलविद्युत आयाेजनाका चार जना लगानीकर्ता र पाइलट सवार रहेको बताइएको छ ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार हेलिकप्टर कहाँ पुगेको भन्ने केही खुलेको छैन । ‘घटनास्थल आसपास क्षेत्रमा लगातार वर्षा भएकोले खराब मौसमका कारण हेलिकोप्टरको लोकेसन पत्ता लगाउन कठिन भइरहेको जनाइएको छ’ उनले भने ।
प्रतिक्रिया 4