News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले इजाजतविना साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका कम्पनीलाई ३० दिनभित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ।
- पर्यटन विभागले बन्जी जम्प, स्वीङ, क्यानोइङ, स्काई डाइभिङ, जिपलाइन लगायतका गतिविधि इजाजतविना सञ्चालन हुनु कानुन विपरीत भएको जनाएको छ।
- दर्ता प्रक्रियामा नआएमा ती कम्पनीमाथि कारबाही थालिने विभागले सचेत गराएको छ।
२२ वैशाख, काठमाडौं । सरकारले इजाजतविना साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेका कम्पनीलाई दर्ता हुन आउन आह्वान गरेको छ ।
पर्यटन विभागले सोमबार सूचना प्रकाशन गरी ३० दिनभित्र दर्ता प्रक्रियामा आउन भनेको हो । अहिले देशका कतिपय स्थानमा बन्जी जम्प, स्वीङ, क्यानोइङ, स्काई डाइभिङ, जिपलाइन, जिप कोस्टर, जेट स्की, मोटरबोट जस्ता क्रियाकलाप विनादर्ता सञ्चालनमा रहेको भन्दै विभागले दर्ता प्रक्रियामा आउन भनेको हो ।
यस्ता गतिविधि सञ्चालन गर्दा सुरक्षा संवेदनशीलताका कारण सुरक्षा मापदण्डको पूर्णपालना गरेर मात्र गर्नुपर्छ ।
‘सुरक्षा मापदण्ड विश्लेषण नै नगरी आफूखुसी इजाजतविना खेल गतिविधि सञ्चालन गर्नु कानुन विपरीत काम हो,’ विभागको सूचनामा छ ।
यस्ता गतिविधि तत्कालै बन्द गरी इजाजत लिन विभागले सचेत गराएको छ । दर्ता प्रक्रियामा नआए उनीहरूमाथि कारबाही थालिने विभागको भनाइ छ ।
प्रतिक्रिया 4