+

हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

२०८३ वैशाख  २२ गते १२:५९ २०८३ वैशाख २२ गते १२:५९
Shares
हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्क्युलेटरी सिस्टमले शरीरका सबै कोषमा अक्सिजन र पोषक तत्व पुर्‍याउने र फोहोर पदार्थ बाहिर निकाल्ने काम गर्छ।

मानव शरीर विभिन्न प्रणालीहरूको सहकार्यबाट सञ्चालित हुन्छ, जस्तै पाचन प्रणाली, स्नायु प्रणाली, श्वासप्रश्वास प्रणाली, प्रजनन प्रणाली आदि । यिनै मध्ये एक अत्यन्त महत्वपूर्ण प्रणाली हो सर्क्युलेटरी सिस्टम अर्थात परिसंचरण प्रणाली हो ।

यो प्रणालीलाई कार्डियोभास्कुलर सिस्टम पनि भनिन्छ । यसको मुख्य काम शरीरका हरेक कोषहरूमा अक्सिजन, पोषक तत्वहरू लुकोज, अमिनो एसिड, फ्याट्स, हर्मोन र अन्य आवश्यक पदार्थहरू पुर्‍याउने र त्यहाँबाट उत्पादित फोहोर पदार्थहरू कार्बन डाइअक्साइड, युरिया आदिलाई फोक्सो, मिर्गौला र कलेजोमा पुर्‍याई शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने हो ।

मानिसमा यो बन्द परिसंचरण प्रणाली हो, जसमा रगत सधैं रक्तनलीभित्र नै रहन्छ र मुटुको पम्पिङबाट निरन्तर घुम्छ ।

यो प्रणाली दुई मुख्य चक्रमा काम गर्छ :

पल्मोनरी सर्कुलेशन : मुटुबाट डिअक्सिजिनेटेड रगत फोक्सोमा गएर अक्सिजन लिन्छ र कार्बन डाइअक्साइड छोड्छ ।

सिस्टेमिक सर्कुलेशन : अक्सिजनयुक्त रगत मुटुबाट पूरै शरीरका अंगहरूमा पुग्छ र डिअक्सिजिनेटेड रगत फर्किन्छ ।

सर्क्युलेटरी सिस्टममा कुन–कुन अंगहरू पर्छन् ?

सर्क्युलेटरी सिस्टम मुख्य रूपमा निम्न अंग र संरचनाहरूबाट बनेको हुन्छ:

मुटु : यो प्रणालीको केन्द्रीय पम्प हो । मुटु चार कोठा भएको मांसपेशीय अंग हो, जसले औसत ७०–८० पटक प्रतिमिनेट धड्कन्छ र दिनमा करिब १००,००० पटक रगत पम्प गर्छ ।

रक्तनलीहरू

धमनीहरू : मुटुबाट शरीरतिर अक्सिजनयुक्त रगत लैजान्छन् । यिनीहरूको पर्खाल बाक्लो र लचिलो हुन्छ ।

शिराहरू : शरीरबाट डिअक्सिजिनेटेड रगत मुटुमा फर्काउँछन्। यिनमा भाल्भ हुन्छ जसले रगत उल्टो बग्नबाट रोक्छ ।

क्यापिलरीहरू : धमनी र शिराको बीचमा सूक्ष्म नलीहरू, जसबाट अक्सिजन र पोषक तत्व कोषहरूसम्म साटासाट हुन्छ ।

रगत : यसमा रातो रक्तकोष अक्सिजन बोक्न, सेतो रक्तकोष प्रतिरक्षा, प्लेटलेट्स रगत जम्ने र प्लाज्मा हुन्छ ।

ल्याम्फेटिक सिस्टम : लिम्फ बोकेर अतिरिक्त तरल पदार्थ र फोहोर व्यवस्थापन गर्छ ।

प्रत्येक अंगको भूमिका

मुटु

शरीरको बायाँतिर छातीको बीचमा अवस्थित यो मुटुले रगतलाई दुई प्रकारको चक्रमा पम्प गर्छ । दायाँ भागले फोक्सोतिर र बायाँ भागले शरीरभरि रगत पठाउँछ । मुटुको स्वस्थ धड्कनले पूरै शरीरलाई जीवित राख्छ ।

धमनीहरू

मुटुबाट निस्कने मुख्य धमनी एओर्टा हो । यिनले उच्च दबाबमा अक्सिजनयुक्त रगत पुर्‍याउँछन् ।

शिराहरू

पातला र कम दबाब भएका यी नलीहरूले शरीरबाट रगत फर्काउँछन् । खुट्टाका शिराहरूमा भाल्भहरू महत्वपूर्ण हुन्छन् ।

रगत

रगतले अक्सिजन बोक्नुका साथै संक्रमणबाट बचाउँछ, शरीरको तापक्रम नियन्त्रण गर्छ र घाउ निको पार्न मद्दत गर्छ ।

कमजोर सर्क्युलेटरी सिस्टमका लक्षणहरू

-छाती दुखाइ

-सास फेर्न गाह्रो हुनु

-चक्कर लाग्नु, बेहोस हुनु वा बारम्बार थकान

-हातखुट्टा झमझम गर्नु, सुन्निनु वा सुजन आउनु

-मुटुको धड्कन असामान्य छिटो, ढिलो वा पाल्पिटेसन

-अत्यधिक थकान र कमजोरी

पेरिफेरल आर्टेरियल डिजिजका विशेष लक्षणहरू

-हिँड्दा खुट्टामा ऐंठन वा दुखाइ जसले आराम गर्दा कम हुन्छ

-खुट्टा चिसो रहनु, रङ फेरिनु फिका वा नीलो

-खुट्टामा रौँ झर्नु, नङ मोटो हुनु

-घाउ लाग्नु र ढिलो निको हुनु

-कमजोर हुनु

यी लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग जाँच गराउनुपर्छ ।

सर्क्युलेटरी सिस्टममा खराब प्रभाव पार्ने मुख्य कारकहरू

एथेरोस्क्लेरोसिस : रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल, फ्याट र अन्य पदार्थ जम्मा भएर नली साँघुरो र कडा हुनु ।

कोरोनरी आर्टरी डिजिज : मुटुका धमनीमा ब्लकेज ।

हार्ट अट्याक : रगतको प्रवाह रोकिँदा मुटुको मांसपेशी मर्नु ।

एन्जाइना : मुटुमा पर्याप्त अक्सिजन नपुग्दा छाती दुख्नु ।

एरिथमिया : मुटुको धड्कन अनियमित हुनु ।

हाई ब्लड प्रेसर : रक्तनलीमा निरन्तर उच्च दबाब ।

हृदयाघात : भल्भ समस्या, स्ट्रोक आदि ।

सबैभन्दा ठूलो जोखिम कारक : धूम्रपान

धूम्रपानले रक्तनलीलाई क्षति पुर्‍याउँछ, प्लाक जम्मा गर्न सजिलो बनाउँछ, रगत जम्ने खतरा बढाउँछ र अक्सिजन बोक्ने क्षमता घटाउँछ ।

अन्य प्रमुख जोखिम कारकहरू

-उच्च रक्तचाप र उच्च कोलेस्टेरोल

-मधुमेह

-मोटोपन र शारीरिक निस्क्रियता

-असन्तुलित आहार अत्यधिक नुन, चिनी, खराब चिल्लोको सेवन

-अत्यधिक मदिरा सेवन

-तनाव र उमेर/आनुवंशिक कारण

डाक्टरसँग कहिले सम्पर्क गर्नुपर्छ ?

-छाती दुखाइ विशेष गरी बायाँ काँध, हात वा ढाडतिर फैलिने

-सास फेर्न कठिनाइ

-अचानक चक्कर लाग्नु, बेहोस हुनु

-वाकवाकी, चिसो पसिना आउनु

-असामान्य मुटुको धड्कन

-खुट्टामा ननिको हुने घाउ

सर्क्युलेटरी सिस्टमलाई स्वस्थ राख्ने उपायहरू

-धूम्रपान पूर्णरूपमा छोड्ने ।

-नियमित व्यायाम गर्नुहोस् हप्तामा कम्तीमा १५० मिनेट मध्यम व्यायाम ।

-स्वस्थ आहार : फलफूल, तरकारी, सम्पूर्ण अनाज, माछा, नुन, चिनी र प्रशोधित खानेकुरा कम गर्नु ।

-तौल नियन्त्रणमा राख्ने ।

-रक्तचाप, कोलेस्टेरोल र ब्लड सुगर नियमित जाँच गर्ने ।

-तनाव व्यवस्थापन गर्न ध्यान, योग गर्ने ।

-पर्याप्त पानी पिउने र राम्रो निद्रा लिने ।

कार्डियोभास्कुलर स्नायु
डा. सन्दीप राज पाण्डे
लेखक
डा. सन्दीप राज पाण्डे
भास्कुलर तथा इन्डोभास्कुलर सर्जन

डा. पाण्डे काठमाडौँस्थित अन्नपूर्ण  न्यूरो अस्पतालमा कार्यरत छन् ।  इन्डोभास्कुलर सर्जरीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११९४७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

आयुर्वेदिक क्लिनिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पताल कारबाहीमा

आयुर्वेदिक क्लिनिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पताल कारबाहीमा

भोक नलागी खाना खाने बानी पर्न सक्छ भारी

भोक नलागी खाना खाने बानी पर्न सक्छ भारी

भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क शल्यक्रिया

भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क शल्यक्रिया

१२ संकेत, जुन स्तन क्यान्सर हुँदा देखिन्छ

१२ संकेत, जुन स्तन क्यान्सर हुँदा देखिन्छ

ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर, ९०६ को जाँच गर्दा देखिए यस्ता स्वास्थ्य समस्या

ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर, ९०६ को जाँच गर्दा देखिए यस्ता स्वास्थ्य समस्या