+
+
Shares

खाडी युद्ध प्रभाव : हरेक दिन डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले हरेक दिन औसत डेढ दर्जन उडान रद्द भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानमा अमेरिकी तथा इजरायली आक्रमण र प्रत्याक्रमणबीच नेपालबाट हुने नियमित उडान हरेक दिन रद्द भइरहेका छन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दैनिक डेढ दर्जनभन्दा बढी उडान रद्द भएका छन्।
  • सोमबार जजिरा एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सका विभिन्न रुटका उडान रद्द भएका छन्।

२५ फागुन, काठमाडौं । इरानमा अमेरिकी तथा इजरायली आक्रमण र इरानको प्रत्याक्रमणबीच अशान्त खाडी मुलुकमा नेपालबाट हुने नियमित उडान हरेक दिन रद्द भइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले हरेक दिन औसत डेढ दर्जन उडान रद्द भइरहेका छन् । यसले ३० भन्दा बढी आगमन र प्रस्थान गर्ने यात्रु उडान प्रभावित हुने गरेको छ ।

सोमबार जजिरा एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भएको छ । कुवेतको सोही रुटमा निर्धारित दुई उडान रद्द भएको हो ।

त्यस्तै एयर अरेबियाको सारजहाँ–काठमाडौं–सारजहाँ उडान रद्द भएको छ । फ्लाइ दुबईको दुबई–काठमाडौं–दुबई रुटका तीन र दोहा रुटको एक उडान रद्द भएको छ ।

नेपाल एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दुबई–काठमाडौं रुटमा उडान रद्द भएको छ । कतारको समेत दोहा–काठमाडौं–दोहा उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान रद्द भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?