+
+
Shares

बालेनले चुनावी भाषणमा समेटेका क्षेत्रमा व्यवस्थित पर्यटनबारे अध्ययन गरिने

बालेनले चुनावी अभियानमा यी गन्तव्यको विकासको प्रतिबद्धता जनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:५०

१४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी भाषणमा समेटेका पर्यटकीय सम्भाव्य क्षेत्रको व्यवस्थित पर्यटनबारे अध्ययन गरिने विषयमा सरकारका १०० कार्यसूचीमा समेटिएको छ ।

सरकारले उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ्ग रुट, दोदी हिमाल ट्रेकिङ्ग रुट लगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बालेनले चुनावी अभियानमा यी गन्तव्यको विकासको प्रतिबद्धता जनाएका थिए । सरकारले  नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने विषय कार्यसूचीमा समेटेको छ ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने समेत निर्णय भएको छ ।

सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई नेपाल वेलनेस इय २०२७ मनाउन अन्तर–निकाय समन्वय संयन्त्र बनाउने निर्णय समेत भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?