+
+
Shares

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’ 

निर्वाचनका बेला श्री एयरलाइन्सका दुइटा हेलिकप्टर प्रयोग गरिएकामा एउटा काम सकेर फर्किसकेको थियो भने अर्को जुफालमै ग्राउन्डेड भएको हो ।

पूर्ण सार्की पूर्ण सार्की
२०८२ चैत ९ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको श्री एयरलाइन्सको हेलिकप्टर १६ दिनदेखि प्राविधिक समस्याका कारण जुफाल विमानस्थलमै ग्राउन्डेड छ।
  • नागरिक उड्डयन कार्यालय डोल्पाका प्रमुख राहुल मिश्रले हेलिकप्टर २४ फागुनदेखि उडानयोग्य नभएको र मर्मतका लागि प्राविधिक टोली केही दिनभित्र आउने जानकारी दिए।
  • निर्वाचनका बेला प्रयोग भएका श्री एयरलाइन्सका दुइटा हेलिकप्टरमध्ये एउटा काम सकेर फर्किसकेको छ भने अर्को हेलिकप्टर ग्राउन्डेड भएको छ।

९ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ ।

२१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

श्री एयरलाइन्सको दर्ता नम्बर ‘९एन–एडीडी’ हेलिकप्टर १६ दिनदेखि ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय जुफालका प्रमुख राहुल मिश्रले बताए ।

हेलिकप्टरमा प्राविधिक गडबडी देखिएपछि २४ फागुनदेखि उडान रोकिएको बताए । प्राविधिक समस्या देखिएपछि हेलिकप्टर उडानयोग्य नभएकाले विमानस्थलमै राखिएको उनले जानकारी दिए ।

निर्वाचनका बेला श्री एयरलाइन्सका दुइटा हेलिकप्टर प्रयोग गरिएकामा एउटा काम सकेर फर्किसकेको थियो भने अर्को जुफालमै ग्राउन्डेड भएको हो ।

हेलिकप्टर मर्मतका लागि प्राविधिक टोली केही दिनभित्रै डोल्पा आउने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?