+
+
Shares

अन्तर्राष्ट्रिय उडानमा धेरै यात्रु बोक्छ नेपाल एयरलाइन्स, पछ्याउँदै एयर अरेबिया र कतार

जनवरीमा नेपाल एयरलाइन्सले कुल ५४ हजार ३ सय ९८ यात्रुलाई सेवा दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ जनवरीमा नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीमध्ये पहिलो स्थानमा रहन सफल भएको छ।
  • नेपाल एयरलाइन्सले जनवरीमा कुल ५४ हजार ३ सय ९८ यात्रुलाई सेवा दिएको छ।
  • अन्तर्राष्ट्रिय उडान गर्ने ३० कम्पनीले जनवरीमा कुल ४ लाख ३१ हजार ६ सय ३५ यात्रुलाई सेवा दिएका छन्।

६ फागुन, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीमध्ये सन् २०२६ जनवरीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा रहन सफल भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरीमा नेपाल एयरलाइन्सले कुल ५४ हजार ३ सय ९८ यात्रुलाई सेवा दिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट २७ हजार ३ सय ७८ यात्रु विदेश प्रस्थान गरेका छन् । २७ हजार १६ जना नेपाल आएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा ३० हाराहारी कम्पनीले नेपालमा उडान गरिरहेका छन् । तीमध्ये दोस्रो स्थानमा एयर अरेबिया छ । उसले एक महिनामा ४७ हजार ५ सय १९ यात्रुलाई सेवा दिएको छ ।

कतार एयरवेज तेस्रो स्थानमा छ । उसले जनवरीमा ४२ हजार ११ यात्रु बोकेको छ । नेपालकै निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एक महिनामा ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरले भने २ हजार ८ सय ३४ यात्रुलाई सेवा दिएको छ ।

नेपाल एयरलाइन्सले एक महिनामा कुल ३ सय उडान/अवतरण गरेको तथ्यांक छ । जसमा १ सय ५० उडान र सोही संख्यामा अवतरण भएको छ । यसलाई दैनिक औसत निकाल्दा नेपाल एयरलाइन्सले १० उडान/अवतरण गरिरहेको देखिन्छ ।

कतारले एक महिनामा १ सय ५८ उडान/अवतरण गरेको छ । हिमालयले २ सय ७० र एयर अरेबियाले भने ३ सय ७२ उडान/अवतरण गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका कम्पनीले एक महिनामा कुल ४ लाख ३१ हजार ६ सय ३५ जनालाई सेवा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?