+
+
Shares

ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी, नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज

यो सहकार्यसँगै नेपाली यात्रुले अब विश्वभरिका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्ल्याटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको छ।
  • साझेदारीपछि नेपाली यात्रुले अगोडाको विश्वव्यापी होटल नेटवर्कमा नेपाली मुद्रामा सिधै बुकिङ गर्न सक्नेछन्।
  • ट्रिप टर्बोले २०२४ सेप्टेम्बरमा मोबाइल एप लन्च गरेको र ५ लाखभन्दा बढी डाउनलोड भएको छ।

८ जेठ, काठमाडौं । नेपालमा सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ‘ट्रिप टर्बो’ विश्वव्यापी डिजिटल ट्राभल प्ल्याटफर्म ‘अगोडा’ सँग रणनीतिक साझेदारी गरेको छ ।

यो सहकार्यसँगै नेपाली यात्रुले अब विश्वभरिका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।

यो साझेदारी मार्फत ट्रिप टर्बो प्रयोगकर्ताले अगोडाको विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरिका लाखौं होटल तथा आवास सेवा उपलब्ध छन् ।

‘यो रणनीतिक साझेदारीबाट विदेश घुम्न जाने नेपालीका लागि असाध्यै सहज तरिकाले नेपाली मुद्रामै होटल बुक गर्न सकिने सुविधा उपलब्ध भएको छ,’ ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘ट्रिप टर्बो एप डाउनलोड गर्नुस्, बाँकी काम त्यसैबाट एकैछिनमा हुन्छ, केही समस्या परे हाम्रो टिमले सहयोग गर्छ ।’

रणनीतिक साझेदारीमा ट्रिप टर्बोका तर्फबाट संस्थापक प्रसाईं र अगोडका चिफ कमर्सियल अफिसर डेमियन फिर्स्चले हस्ताक्षर गरेका छन् ।

अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइ संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित तथा विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिइएको प्रसाईंले बताए ।

पछिल्ला वर्षहरूमा नेपालीको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको उनको भनाइ छ । अब प्रयोगकर्ताले एउटै प्ल्याटफर्मबाट घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा सेवा सहज प्राप्त गर्न सक्ने उनले बताए ।

ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो । सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा  २०२४ सेप्टेम्बरमा आफ्नो मोबाइल एप लन्च गरेको थियो । एन्ड्रोइड, आईओएस र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, अन्तर्राष्ट्रिय होटल, २ सय इनडोर र आउटडोर गतिविधि र ओभरनाइट स्टे सेवा प्रदान गर्दछ ।

सार्वजनिक भएको छोटो अवधिमै एन्ड्रोइड र आईओएस दुवै प्ल्याटफर्ममा ट्रिप टर्बो एपको कुल डाउनलोड संख्या ५ लाख नाघिसकेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय डिजिटल ट्राभल प्ल्याटफर्म अगोडाले संसारभरिका ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रपर्टीमा सुलभ सेवा प्रदान गर्दै आएको छ । यात्रुलाई सहज बुकिङ अनुभव प्रदान गर्न अगोडा डटकम तथा यसको मोबाइल एप ३९ भाषामा उपलब्ध छन् भने कम्पनीले चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?