+
+
Shares
कविता :

भगवान त कहाँ छन्

राकेश कुमार झा रसिक राकेश कुमार झा रसिक
२०८३ जेठ ८ गते १७:२२

भगवान त यहाँ कहाँ छन् ,
मानव नै त यहाँ भगवान छन् ।।

मानवले लेखेका यहाँ
गीता र कुरान छन् ।
मानवले बनाएका यहाँ
नियम कानुन छन् ।

भगवान त यहाँ कहाँ छन् ,
मानव नै त यहाँ भगवान छन् ।।

मानव निर्मित घर
टहरा र आँगन छन् ।
मानव मानव बीच
यहाँ घमासान छन् ।

भगवान त यहाँ कहाँ छन् ,
मानव नै त यहाँ भगवान छन् ।।

मानव निर्मित पीडाका
ठूला ठूला चट्टान छन् ।
मानव निर्मित बमबारुदले
लासका चिहान छन् ।

भगवान त यहाँ कहाँ छन् ,
मानव नै त यहाँ भगवान छन् ।।

कलम भएकाहरू अज्ञान छन् ।
रकम भएकाहरू जवान छन् ।
सबैलाइ आ-आफ्नो स्वार्थको ध्यान छन् ।

भगवान त यहाँ कहाँ छन् ,
मानव नै त यहाँ भगवान छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?