+
+
Shares

अमरेश, निश्कल र ईश्तियाकले बहिष्कार गरे राज्य व्यवस्था समितिको बैठक

साथै, पत्रकारहरूलाई समेत समितिले निषेध गराउन लागेपछि आफूहरूले बैठक बहिष्कार गरेको एमाले सांसद राईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद अमरेश कुमार सिंहसहित तीन सांसदले राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन्।
  • बैठकमा पूर्वाधारमन्त्रीसँग सुकुमवासीको अनुगमन छलफल भए पनि विपद् व्यवस्थापनमा मन्त्री सहभागी भएनन्।
  • सांसदहरूले पत्रकारलाई बैठकबाट निकाल्न नहुने र मन्त्रीको पनि सहभागीता आवश्यक भएको बताएका छन्।

८ जेठ, काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेश कुमार सिंहसहित तीन जना सांसदले राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् ।

रास्वपा सांसद सिंह, नेकपा एमालेका सांसद मोहम्मद ईश्तियाक राई र नेपाली कांग्रेसका सांसद निश्कल राईले बैठक बहिष्कार गरेका हुन् ।

शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको थियो ।

बैठकमा बनेपामा लगेर राखिएका सुकुमवासीको अनुमगनबारे पूर्वाधारमन्त्रीसँगको छलफल र विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्वतयारीबारे छलफलको एजेन्डा तय भएको थियो ।

सो क्रममा सुकुमवासीको अनुगमनबारे पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छलफल भए पनि विपद् व्यवस्थापनबारे छलफल गर्दा कुनै मन्त्री समितिमा सहभागी भएनन् ।

साथै, पत्रकारहरूलाई समेत समितिले निषेध गराउन लागेपछि आफूहरूले बैठक बहिष्कार गरेको एमाले सांसद राईले बताए ।

उनका अनुसार, बैठकमा रास्वपाकै सांसद सिंहले सञ्चारकर्मीलाई बाहिर निकाल्न नहुने बताएका थिए ।

साथै, बैठकमा मन्त्रीको पनि सहभागीता रहनुपर्ने सिंहसहितका सांसदहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?